विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ कार्तिक ११, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । अप्पर हेवा खोला हाइड्रोपावर कम्पनीले २० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा निर्माणाधीन ८.५ मेगावाटको माथिल्लो हेवा खोला साना जलविद्युत आयोजनाको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रूपैयाँ मूल्यमा अंकित २० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीले साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बोर्डबाट अनुमति मिलेपछि आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँड गरिने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको छ ।

कम्पनीले निर्माण गरीरहेको आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको काम असारभित्र सम्पन्न गरी साउन पहिलो साताबाट २०७८ साउनदेखि प्रणालीमा जोड्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७६ असारदेखि नै विद्युत उत्पादन सुरु गर्नुपर्ने थियो । तर, आयोजनाको विद्युत प्रवाह हुने २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको निर्माण पूरा हुन समय लागेकाले ढिलो गरी काम सुरु गर्दा धकेलिएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत कोसी कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक १०.४ किलोमिटर लामो प्रसारण लाइन कम्पनीले निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३