images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीका सञ्चालक र प्राविधिक तथा आयोजना व्यवस्थापन निर्देशक सरोजकुमार उपाध्यायको निधन भएको छ । काठमाडौंको कोटेश्वरमा स्थायी घर भएको ६२ वर्षिय उपाध्यायको शनिबार (फागुन २० गते) निधन भएको हो ।

शंखमुलस्थिल एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेर उनको निधन भएको पारिवारीक स्रोतले जनाएको छ । छतबाट खसेर गम्भीर बनेका उपाध्यायलाई घटनास्थलबाट उद्धार गरी नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो । सिभिल अस्पतालबाट उनलाई थप उपचारका लागि माइतिघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएको थियो । अन्नपूर्ण न्यूरोमा उपचारका क्रममा उपाध्यायको निधन भएको हो ।

उपाध्याय साढे २ बजे शंखमुलको बबिन्स क्याफेको छैटौँ तलाबाट खसेका थिए । उनको उपचारका क्रममा साढे ५ बजे निधन भएको । नेपाल इन्जिनियरिङ परिषदका पूर्व उपाध्यक्ष समेत रहेका उपाध्याय विगत करिब २५ वर्षदेखि हाइड्रो पावर क्षेत्रमा आवद्ध थिए ।

हिमालयन ऊर्जा विकासले रामेछापमा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । यी आयोजनाको करिब ६० करोड रुपैयाँ विद्युत खेर गएपछि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit