विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीको साधारणसभा जेठ ९ गते हुने भएको छ । कम्पनीको गत बैशाख १९ गते बसेको सञ्चालक समितिको बैंठकले साधारणसभाको मिती तय गरेको हो ।

 साधारणसभाले २०७५/७६ र ७६/७७ को वार्षिक प्रतिवेदन, वित्तीय वितरण, नाफा/नोक्सान हिसाब नगद प्रवाहा विवरणमा छलफल गरी पारित गर्नेछ । साथै, २०७७/७८ का लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, रुकुमको सिस्नेमा निर्माणाधीन ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजनाको साधारण सेयर निष्कासनको विषयमा पनि निर्णय गरी पारित गर्ने कम्पनीले जनाएको छ । साधारणसभा विद्युतीय माध्यम (भर्जुअल) बाट हुनेछ ।

८० प्रतिशत निर्माण पूरा भएको आयोजनाले आगामी असोजदेखि विद्युत उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ । उत्पादीत विद्युत २१ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको मुसीकोट सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनीले आफैले निर्माण गर्दैछ ।

आयोजना सम्पन्न गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा प्राइमको अगुवाईमा सेन्चुरी र कुमारी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी स्वपुँजी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit