विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले हालसम्म १ हजार २७३ आआयोजना अगाडि बढाएको छ । ती मध्ये २५७ आआयोजना सम्झौता हुन बाँकी छन् ।

मन्त्रालयका अनुसार रुकुम पश्चिम र सुर्खेत आआयोजना कार्यान्वनमा सबैभन्दा कमजोर देखिएका छन् । रुकुम पश्चिममा १६४ आआयोजनामा ११७ आयोजना सम्झौता भएको मन्त्रालयका सूचना अधिकारी विपिन ज्ञवालीले जानकारी दिए । प्रदेश राजधानी सुर्खेतमा १६१ आयोजनामा १२४ आयोजना सम्झौता भएका छन् ।

रुकुम पश्चिमको भौतिक प्रगति २० प्रतिशत र सुर्खेतको २५ प्रतिशत मात्र छ । दैलेखमा हालसम्म १४५ मा १२० आयोजना सम्झौता भइ काम भइरहेको छ भने २५ आयोजना सम्झौता हुन बाँकी छ । जुम्लामा १०४ आयोजनामा हालसम्म ८७ आयोजनाको सम्झौता भएर काम भइरहेको छ ।

कालिकोटमा १५० आयोजनामा १३१ आयोजना सम्झौता भएका छन् । सल्यानमा ९९ आयोजनामा ८३ आयोजना सम्झौता भएका छन् । जाजरकोटमा ११० आयोजनामा ९१ आयोजनाको काम सुरु भएको छ । हुम्लामा १४८ आयोजनामा १०६ आयोजनाको काम तीव्र रूपमा अघि बढेको छ ।

सडक सञ्जालसँग नजोडिएको हुम्लामा हालसम्म ४२ आयोजना पाइपलाइनमा रहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय प्रमुख ज्वालाराज शाहीले बताउँछन् । सडक सञ्जालसँग जोडिएको भए पनि उपल्लो डोल्पामा हिमपातलगायत कारण चिसो हुँदा काम गर्न मुस्किल हुने गर्दछ । मुगुका १०५ वटा आयोजनामा हालसम्म ८४ आयोजना सम्झौता भएका छन् ।

मन्त्रालयको भौतिक प्रगति हालसम्म २७ प्रतिशत छ । प्रगति कमजोर हुँदा मन्त्रालयको उद्देश्य पूरा नहुने सम्भावना बढेको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले त्रैमासिक रूपमा कामको विवरण लिने गरेको बताइन् । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वन गर्न निर्देशन दिएका छन् ।

विकास बजेटमा खर्च बढाउन मन्त्री बुढा र मुख्यमन्त्री कँडेलले मातहतका निकायलाई काममा गति बढाउन निर्देशन दिएका छन् । मन्त्रालयका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) पदमराज देवकोटाले केही आयोजनामा विवाद तथा कार्यालय प्रमुख परिवर्तन हुँदा ढिला भएको जानकारी दिए । केही दोहारिएकाले पनि समस्या आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३