विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतीय ऊर्जा बजार (आइइएक्स) मा नेपालले निर्यात गर्ने विद्युतको मूल्य प्रतियुनिट करिब २० रुपैयाँ तय भएको छ । कालीगण्डकी ‘ए’, त्रिशूली र देवीघाटलाई आधार मानेर बेचिने विद्युतका लागि मूल्य टुंगो लागेको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार भोलि (जेठ २३ गते अर्थात् जुन ६ तारिख) का लागि ३ विद्युतगृहबाट उत्पादित ४२ लाख २७ हजार १०० युनिट विद्युत बेच्ने प्रस्ताव स्वीकृत भएको छ । जसको न्यूनतम मूल्य प्रतियुनिट भारु ८.०३ (१२.८५ रुपैयाँ) र अधिकतम भारु १२ (करिब २० रुपैयाँ) तय भएको छ ।

प्राधिकरणले उक्त मूल्य आइतबार राति १२ बजेदेखि सोमबार राति सोही समयसम्म पाउनेछ । मंगलबारका लागि सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म पुनः मूल्यमा बोलकबोल प्रस्ताव गर्नुपर्ने हुन्छ । मंगलबार बेच्न पाउने अन्तिम मूल्यसूची साँझ सोमबार ५ बजेसम्म प्राप्त हुनेछ ।

उक्त परिमाणको विद्युत बिक्री गर्दा जेठ २३ गते मात्र प्राधिकरणले भारु ३ करोड ३० लाख २५ हजार ७१३ (५ करोड १२ लाख ४१ हजार १४१ रुपैयाँ) आम्दानी गर्नेछ । औसत बिक्री दर भने प्रतियुनिट १२.८५ रुपैयाँ हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले गएको जेठ १९ गतेदेखि भारतीय ऊर्जा बजारमा ३९ मेगावाट बिजुली बेच्न सुरु गरेकोमा शनिबार (जेठ २१ गते) देखि कालीगण्डकीको १४४ मेगावाटमध्ये १४० मेगावाट बेच्न सुरु गरेको थियो ।

आइइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार हुने गर्छ । त्यसैले, हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । 

बिहीबार निर्यात गरिएको विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश: भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८नेरु) रहेको प्राधिकरणले जानकारी दिएको छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०.७६ नेरु) थियो ।

यसैगरी, शनिबार प्रधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु) मा विद्युत बिक्री गरेको छ । औसत मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको २०७८ चैत १८ गतेदेखि भएको औपचारिक भारत भ्रमणका क्रममा भारतले नेपाललाई आइइएक्स मार्केटमा प्रतिस्पर्धामा ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न अनुमति पाएको छ ।

क्षमताका हिसाबले ३६४ मेगावाटको स्वीकृति दिए पनि प्रसारण लाइनको ह्विलिङ चार्ज तथा चुहावटसमेत घटाउँदा ३२५ मेगावाटमात्र नेपालले भारतीय बजारमा पुर्याउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit