विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले पट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले सोमबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ९ रुपैयाँका दरले मूल्य वृद्धि गरेको निगमले जनाएको छ । निगमका अनुसार मूल्य वृद्धि भएसँगै पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । अब, हवाई इन्धनको आन्तरिक मूल्य १९० रुपैयाँ लिटर कायम भएको छ । एलपी ग्यासको मूल्य भने यथावत नै छ । अहिले एलपी ग्यास प्रतिसिलिण्डर १८०० रुपैयाँ छ ।

निगमले जेठ २० गते पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घटाएको थियो । पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १५३  रुपैयाँ कायम भएको थियो ।

फेरी जेठ २६ गते राती १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र  डिजेल र मट्टितेल १२ रूपैयाँका दरले बढाएको थियो । फेरी असार ६ गते प्रतिलिटर पेट्रोल २० र  डिजेल र मट्टितेल २६ रूपैयाँका दरले बढाएको थियो ।

त्यस पछि निगमले लगातार मुल्य वृद्धि गरेको भन्दै विकासको काम रोक्ने, आन्दोलन गर्ने जस्ता चेतावनीहरु दिएपछि निगले असार ११ गते राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

लागत अनुरुप मूल्य समोजन हुन नसकेको कारणबाट पेट्रोलियम पदार्थ खरिद वापत इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति व्यवस्था सहज बनाई राख्न दिनप्रतिदिन निगमलाई चुनौती थपिँदै गएको भन्दै मूल्य बढाएको हो ।

विदेशी मुद्रा खर्च गरी महंगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत लगायतका स्वदेशी ऊर्जाको खपत बढाउनु पर्ने राष्ट्रिय आवश्यकतालाई आम उपभोक्ताहरुले समते मनन गर्ने विश्वास निगमले लिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit