विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

स्याङ्जा (मिर्मी) । लामो समयदेखि विद्युत् महसुल नतिरी विवाद खडा गर्दै आएको कालीगण्डकी अस्पतालले अन्ततः तिर्नुपर्ने बक्यौता विद्युत् महसुल तिरेको छ । नेपाल विद्युत् प्राधिकरण स्याङ्जा वितरण केन्द्र तथा मिर्मी उपवितरण केन्द्रको निरन्तरको दबाब र ताकेतापछि महसुल तिरिएको हो ।

अस्पतालले प्राधिकरणलाई करिब २ लाख ४४ हजार रुपैयाँ महसुल तिर्न बाँकी थियो । यही महसुल नतिरेका कारण र तिर्न दबाब दिँदा गत बैशाख २१ गते उपवितरण केन्द्रका इन्चार्ज नन्देश्वर कुशहवामाथि स्थानीय जनप्रतिनिधिले कुटेका थिए ।

अस्पतालले प्राधिकरणसँग थ्रि फेज लाइन जोडी कुनै पनि समय बत्ती नजाने व्यवस्था मिलाइदिन दबाब दिँदै आएको थियो । तर, प्राधिकरणले ठूलो रकम बक्यौता रहेको हुँदा तिरेपछि मात्र थ्रि फेज लाइन जोड्न सकिने बताइरहेको थियो । यही विषयमा विवाद हुँदा कुशहवाले कुटाई खाएका थिए ।

अहिले अस्पतालले बक्यौता तिरेको हुँदा थ्रि फेज लाइन जोडिदिएको केन्द्र प्रमुख दीलिप मरासिनीले बताए । ‘बक्यौता तिरेपछि अस्पताललाई कालोपाटीबाट पनि हटाइएको छ, अब नियमित महसुल बुझाउने सहमित भएको छ,’ उनले सोमबार ऊर्जा खबरसँग भने, ‘उता कालीगण्डकी गाउँपालिकाले समेत आफ्ना ४५४७ ग्राहकको मासिक ३० रुपैयाँका दरले हुन आउने सेवा शुल्कबापतको रकम बुझाएको छ ।’

मरासिनीका अनुसार गाउँपालिकाले बैशाख, जेठ र असारको सेवा शुल्क तिरेको हो । अब ६–६ महिनामा तिर्ने गरी केन्द्र र गाउँपालिकाबीच सम्झौता भएको छ ।

यसका अलावा बर्खाको समयमा हुने लाइन अवराध, ट्रिपिङ, पोल ढल्ने, तार जल्ने, ट्रान्सफर्मर पड्किने जस्ता समस्या गुनासो आउनासाथ वा जानकारी पाउने वित्तिकै समाधान गर्ने गरिएको मरासिनीको भनाइ छ । कोरोना महामारी (कोभिड–१९) को विषम परिस्थिति र बर्खाको मौसमको प्रतिकूलतामा समेत कर्मचारीहरू सेवा प्रवाहमा अहोरात्र खटिएको उनले बताए ।

याे पनि पढ्नुहाेस्

कोरोना महामारीमा रातदिन खट्ने कर्मचारीलाई प्रहरीकै अगाडि जनप्रतिनिधिले कुटे

कर्मचारी कुटेका वडा सदस्यले माफी मागे, अस्पतालले बक्याैता विद्युत् महसुल तिर्ने

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit