विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाको नलगाड, भेरी नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानी भेरी गाउँपालिका निर्माण गर्न लागिएको ९८.९४ मेगावाटका डाडागाउँ खलंगा अर्धजलाशययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन क्षेत्र निर्धारण गर्न राय/सुझाव माग गरिएको छ ।

विद्युत विकास विभागले आयोजनाको क्षेत्रधिकार निर्धारण गर्न सरोकारवालासँग राय/सुझाव मागेको छ । स्थानीय सरोकारवालासँग आयोजना निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा राय/सुझाव मागिएको छ ।

प्रस्तावित आयोजनाबाट प्रभावित हुने गाउँपालिका, नगरपालिका तथा त्यहाका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी एंव सरोकारवाला व्यक्तिसँग एक साताभित्र प्राप्त हुने गरी राय/सुझाव पढाउन भनिएको छ । आयोजनाबाट जाजरकोट जिल्ला अन्तर्गत नलगाड नगरपालिकाको वडा नम्बर १, भेरी नगरपालिकाको वडा नम्बर १ तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडा नम्बर ११, १३, १४ र सानी भेरी गाउँपालिकाको वडा नम्बर १, २ र ४ का स्थानीय आफ्नो राय/सुझाव पठाउनुपर्नेछ ।

आयोजनाको लगभग २२.५ मिटर उचाईको बाँध निर्माण गरी २०० मिटर लामो नहर, ६.३२ किलोमिटर लामो सुरुङ, २०० मिटर लामो पेनस्टक पाइपमार्गमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा रहेको टवाईनमा जडान भएको ट्रान्सफर्मर मार्फत विद्युत उत्पादन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit