विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत निगम लिमिटेड (एसजेभिएन) ले २ दशकभित्र २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । एसजेभिएनले जलविद्युत, सौर्य र वायु ऊर्जाका स्रोत तथा थर्मल प्लान्टबाट यति विद्युत उत्पादन गर्ने लक्ष्य निर्धारण गरेको हो ।

सन् २०२३ भित्र अहिले निर्माणाधीन आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा एसजेभिएनको  लगानी भएका विद्युत आयोजनाको जडित क्षमता ५ हजार मेगावाट पुग्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

सन् १९८८ बाट जलविद्युतमा लगानी गर्न थालेको एसजेभिएनसँग अहिले ९ हजार मेगावाटका विद्युत आयोजना छन् । जसमा २ हजार १६ मेगावाटका आयोजना सञ्चालनमा छन् । ३ हजार १ सय ५६ मेगावाटका आयोजना निर्माणाधीन छन् । ४ हजार ४६ मेगावाटका आयोजना निर्माणमा जाने तयारीमा छन् ।

सन् २०३० सम्मभित्र अहिलेको जडित क्षमताको सीमालाई बढाएर १२ हजार मेगावाट पुर्याउने उसको योजना छ । एसजेभिएनले भारतबाहेक छिमेकी देशहरूमा पनि जलविद्युतमा लगानी गरेको छ । 

एसजेभिएनको लगानीमा नेपालमा ९ सय मेगावाटको अरुण तेस्रो आयोजना निर्माणाधीन छ । अरुण नदीमै ६७९ मेगावाट तल्लो अरुण पनि निर्माण गर्दैछ । यो आयोजनाको अनुमतिपत्र दिन लगानी बोर्डले एसजेभिएनसँग समझदारी गरिसकेको छ ।

एसजेभिएनले भुटानमा समेत जलविद्युतमा लगानी गरेको छ । भुटानमा ६ सय मेगावाटको खोलोङ्चु जलविद्युत आयोजनामा काम गरिरहेको छ ।

एसजेभिएन भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको कम्पनी हो । यस कम्पनीले जलविद्युत, सौर्य, वायु र थर्मल ऊर्जामा लगानी गर्दै आएको छ । भारतका ९ राज्यमा एसजेभिएनले विद्युत आयोजनामा लगानी गरेको छ । विद्युत उत्पादनसँगै प्रसारणको क्षेत्रमा पनि काम गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit