विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले २१ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले भोजपुरमा निर्माणाधीन १३ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

सय रुपैयाँमा अंकित २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटलसँग बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौता गरिएको छ ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे । कम्पनीले निष्कासन गर्न लागेको सेयरमध्ये १० प्रतिशत अर्थात ७ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय र बाँकी २० प्रतिशत अर्थात १४ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिकामा निर्माणाधीन आयोजनाको काम आधा भन्दा बढी सकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit