विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ३० किलोवाट क्षमताको दाजुङ खोला लघुजलविद्युत परियोजना बन्द भएको छ । गाउँपालिकाको च्युरीबोटस्थित विद्युत गृहमा रहेको टर्वाइनको बेरिङमा समस्या आएपछि परियोजना बन्द भएको हो ।

परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका वडा नम्बर ४ का अध्यक्ष दिपिल कुमार शेरचनले बताए । उनका अनुसार टर्वाइनको बेरिङमा समस्या आएपछि गत असोज १४ गतेदेखि विद्युत उत्पादन बन्द भएको छ ।

लघु जलविद्युतको विद्युतगृह बगाएपछि स्थानीय बस्ती अन्धकार बनेको र स्थानीयवासीको जनजीवनमा प्रत्यक्ष प्रभाव परेको छ । उक्त परियोजनाबाट च्युरीबोट, ओखरबोट, महभिर, छाप, खतेन गाउँका ३ सय ९३ घरधुरीले उपभोग गर्दै आएका थिए । विद्युत अभावमा उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने अवस्था आएको शेरचनले बताए ।

सर्वसाधारणलाई साँझ र रातको समयमा घरायसी कामकाज गर्न, बालबालिकालाई अध्ययन गर्न तथा विद्युतबाट मिल, फर्निचर उद्योग सञ्चालन गर्न समस्या भएको छ । बुटवलबाट अर्को बेरिङ ल्याउनुपर्ने भएकाले परियोजना मर्मतका लागि केही समय लाग्नेछ ।

यो क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा विस्तार भएको छैन् । मालिका गाउँपालिका–४ को फूलबारी र गरजरामा मात्र केन्द्रीय लाइनको विद्युत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit