विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुद्ध एयरले भूकम्प पीडितलाई राहत स्वरुप एक करोड रुपैयाँ नगद र ५०० बोरा चामल उपलब्ध गराएकाे छ । जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपत्‌‍मा परी परिवार, घरबारविहीनलाई सहयोग स्वरुप नगद र चामल दिएको हो ।

बुद्ध एयरका तर्फबाट ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा एक करोड रुपैयाँ सहयोग गरेको कम्पनीले जानकारी दिएको छ । उक्त रकम आज (कात्तिक १९ गते) हिमालयन बैंकमार्फत् ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रकम जम्मा गरेको जनाइएको छ ।

यसैगरी, आरजु राईस मिलले प्रभावित भेगका लागि करिब १२ लाख रुपैयाँ बराबरको चामलका ५०० बोरा पठाएको छ । प्रत्येक बोरा २० केजीको रहेको छ । आरजु राईस मिल पूर्वी तराईको किसान माझ अवस्थित रहेको छ । मिलमा नयाँ पुस्ताका स्वचालित स्वीस मेसिन जडान गरिएको छ । यसले धानलाई निफन्नेदेखि सुकाउने तथा भण्डारण गर्ने गर्छ । यसले दैनिक ४ टनसम्मको धानलाई कनिकारहित, धेरै धोइपखाली गर्नु नपर्ने, स्वादिलो चामल मिलिङ गर्छ ।

आरजु राइस मिलले विभिन्न धानको समर्थन मूल्य खेतीकिसानी अगाडि नै कायम गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit