विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले इन्जिनियर नाम दर्ता परीक्षा शुल्क अस्वभाविक भएको भन्दै विरोध गरेको छ । चर्काे शुल्कले लोककल्याणकारी राज्यको उपहास गरेको भन्दै विरोध गरेको हो ।

कठिन परीक्षा तथा अन्य परिस्थितिहरूसँग संघर्ष पार गर्दै आफूलाई अब्बल सावित गरि दर्ता योग्यताका लागि विद्यमान ऐन मुताविकको परीक्षामा सामेल हुन तयार नागरिकको लागि चर्को शुल्कको मार थोपरेको प्रदेशले एसोसियनले जनाएको छ । एसोसियनसले परीक्षा शुल्क अस्वभाविक भएको भन्दै नेपाल इन्जिनियरिङ परिषदको ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।

पत्रमा आफ्नो शैक्षिक योग्यता पूरा गरेका समस्त इन्जिनियर वर्गको तर्फबाट यस पक्रियालाई सहज बनाउन पछिल्लो समयमा जारी गरिएको शुल्क कम गरि परीक्षामा सामेल हुन पाउने दर्ता पक्रियालाई नियमित गराउन माग गरेको छ ।

‘परीक्षा पास गरिसक्दा समेत प्रमाणपत्र प्रदान गर्न बनेको निकायले नै थप अस्वभाविक शुल्क लिने कुरा लोकककल्यानकारी राज्यको उपहास जस्तो देखिएको छ’ पत्रमा उल्लेख छ ।

छोटो समयका लागि सूचना निकाल्ने र पुनः त्यसभन्दा पछि शुल्क दोब्बर तिर्नुपर्ने व्यवस्था पनि गलत भएको उल्लेख गरेको छ । यसले राज्यका निकायहरू नै नागरिकको आर्थिक शोषणमा उद्यत जस्तो देखिएको इन्जिनियर्स एसोसिएसनले जनाएको छ ।

यसैले आफ्नो शैक्षिक योग्यता पूरा गरेका समस्त इन्जिनियर वर्गको तर्फबाट यस पक्रियालाई सहज बनाउन पछिल्लो समयमा जारी गरिएको शुल्क कम गरि परीक्षामा सामेल हुन पाउने दर्ता पक्रियालाई नियमित गराउन माग गरिएको छ ।

परिषद्ले  बुधबार नाम दर्ता परीक्षाको लागि सूचना जारी गरेको थियो । सूचनामा नाम दर्ता परीक्षाको लागि ३५०० रूपैयाँ शुल्क तोकिएको छ । तोकिएको अन्तिम म्याद सकिएको ७ दिनसम्म दोब्बर शुल्क बुझाएर आवेदन फारम बुझाउन सकिने सूचनामा उल्लेख छ ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३