विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भक्तपुरस्थित आफ्नो खरिपाटी तालिम केन्द्रलाई ‘क्वारेन्टाइन क्षेत्र’ बनाउने तयारी गरेको छ । देशभर कोरोना महामारी तीव्ररूपमा फैलिरहेको र कतिपय विरामी बेड (विस्तारा) नपाएर अलपत्र परेको हुँदा सरकारलाई सहयोग गर्नकै लागि यस्तो निर्णय गरिएको हो ।

सरकारको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र वा अरू कुनै सरकारी अस्पतालले मागे ‘आइसोलेसन’का रूपमा प्रयोग गर्न दिने प्राधिकरणको तयारी छ । प्राधिकरणले यो कुरा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जानकारी पनि गराएको छ ।

प्राधिकरणसँग भएको खाली ठाउँ यो प्रतिकूल परिस्थितिमा उपयोगमा आउनु निकै सकारात्मक पक्ष रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्कीले बताए । ‘क्षेत्र प्राधिकरणको हो, मन्त्रालयबाट हामीले समन्वय गरिदिने हो,’ उनले भने, ‘अहिलेको अवस्थामा त्यसको खाँचो पनि छ । हामीसँग एरिया छ, त्यो राज्यकै हो । राज्यलाई चाहिँदा प्रयोगमा आउनुपर्छ ।’

तालिम केन्द्रमा प्रशस्त ठाउँ रहेको हुँदा त्यसको सदुपयोग गर्ने गरी प्रक्रिया अगाडि बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘६६ वटा कोठामा १३३ वटा बेड छन्, ती मध्ये ५० वटा बेड मिलाउनुपर्नेछ,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यहाँ सिसिटिभी छ र आवश्यक पर्दा डिजेल जेनेरेटरसमेत चलाउन सकिन्छ ।’

२०७६ चैतमा चीनको बुहानबाट आएको एउटा जहाजका नेपालीहरूलाई १४ दिन सोही तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएको थियो । त्यतिबेला प्रयोग ल्याइएका बेड, विस्तारा वा अन्य संरचना यथावत रहेको हुँदा त्यसलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ । त्यहाँ डाक्टर तथा नर्सलाई बस्ने सुरक्षित ठाउँ पनि रहेको शाक्यको भनाइ छ ।

प्राधिकरणले सरकारलाई उपयोग गर्न दिने तर आफ्ना कर्मचारीलाई आवश्यक पर्दा प्राथमिकता दिनुपर्ने पनि शाक्यले बताए । नेपाल सैनिक अस्पतालले क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने प्राधिकरणको तालिम केन्द्र खरिपाटी क्षेत्र अवलोकन पनि गरेको छ ।

प्राधिकरणका अनुसार पहिलो भवनमा २६ वटा कोठा र २४ वटा विस्तारा छन् । यस्तै, दोस्रो भवनमा २६ वटा कोठा र ७८ वटा विस्तारा छन् । कर्मचारीहरूले प्रयोग गर्ने ११ वटा कोठामा २८ वटा विस्तारा तथा कार्यालय प्रमुखले प्रयोग गर्ने कोठामा ३ वटा विस्तारा छन् । सरकारले त्यहाँ अक्सिजन, डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी पठाएर प्रयोगमा ल्याउन सक्ने पनि प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit