विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा


काठमाडौँ । ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्प प्राली बीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता भएको हो । बैंक र कम्पनीबीच आज बिहीबार उक्त विषयमा सम्झौता भएको छ ।   

बैंकका साना, मझौला तथा खुद्रा एवंम कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल  र त्रिवेणी मोटोकर्पका वरिष्ठ महाप्रबनधक अनुज कुमार गोयलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

उक्त पत्रमा बैंकले त्रिवेणी मोटोकर्प प्राली तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिदका लागि सस्तो व्याजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्ने जनाकारी दिइएको छ ।

बैंकले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । साथै बैंकले ‘अटा लोन’ तथा व्यवसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह र विभिन्न किसिमका समयसान्दर्भिक योजना ल्याइ ग्राहकहरूलाई लावान्भित गर्दै आइरहेको समेत बैंकले बताएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।   

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३