विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्राहकले नियमित विद्युत महसुल नतिर्दा नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रको बाँकी बक्यौता डेढ करोड रुपैयाँ पुगेको छ । वर्षौंदेखि ग्राहकले विद्युत महसुल नतिर्दा वितरण केन्द्रको बक्यौता बढ्दै गएको हो ।

लामो समयदेखि विद्युत महशुल नबुझाउने ग्राहकको करिब १ करोड ६६ लाख ४ हजार रुपैयाँ विद्युत महशुल बक्यौता उठाउन बाँकी रहेको वितरण केन्द्र आयोग प्रमुख रानु कुमार पाण्डेले बताए । उनका अनुसार बक्यौता नबुझाउनेमा औद्योगिक, व्यापारीक र खानेपानी संथानको बढी रहेको छ । खानेपानी संस्थानको करिब ५० लाख बढी बक्यौता बाकी छ ।

उठ्न बाँकी बक्यौता धेरै भएपछि वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटेर कारबाही गर्दै आएको छ । विश्वव्यापी महामारी रुपमा फैलिएको कोभिड–१९ का कारण भएको निषेधाज्ञाको समयमा लाइन नकाटिएपनि अब निषेधाज्ञा खुकुलो भएकोले लाइन काटेर बाँकी बक्यौता असुली गरिनेछ । विद्युत बक्यौता बढ्दै गएपछि लाइन काटेर जरिवानासहित असुल्ने अभियानलाई तीव्रता दिइनेछ ।

केन्द्र अन्तर्गत भएको करिब काठको पोलमध्ये ९९ प्रतिशत काठको पोल हटाएर सिमेन्ट वा स्टीलका पाले राखिएको केन्द्रका सुपरभाइजर रमेश मनी चौधरीले बताए । केन्द्र अन्तर्गत झण्डै ७ हजार बढी काठका पोल थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit