विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले तेस्रो हिमालयन हाइड्रो एक्स्पो गर्ने घोषणासँगै यसको तयारी सुरु गरेको छ । ऊर्जा, तथा जलविद्युत प्रवद्र्धक, लगानीकर्ता, उपकरण उत्पादक कम्पनी लगायत पक्षलाई एकै छानोमुनि जम्मा गरेर यस क्षेत्रको विकास गर्ने हेतुले तयारी अगाडि बढाइएको हो ।

इपानका अनुसार आगामी चैत १८ गतेदेखि २० गतेसम्म एक्स्पोको आयोजना गरिने भएको छ । इपानले आफ्नो स्थापनाको १९औं र २०औं वार्षिक साधारणसभाका क्रममा यसको घोषणा गरिसकेको हुँदा तयारी थालिएको जनाएको छ । इपानले एक्स्पोका लागि सहकार्य गर्न एक्स्पो एन्ड हाइड्रो इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिसँगको सहकार्यमा काम गर्ने भएको छ ।

एक्स्पो गर्ने विषयमा इपानका महासचिव गोरे शेर्पा र कम्पनीका अध्यक्ष विजयसागर प्रधानबीच सम्झौता भइसकेको छ । पहिलो र दोस्रो एक्स्पो गरिसकेको इपानले तेस्रो संस्करणको एक्स्पो गर्न लागेको छ । जसमा, ५० हजार अवलोकनकर्ता जम्मा गर्ने लक्ष्य राखिएको छ ।

पहिलो एक्स्पो २०७४ पुस २१ गतेदेखि २३ गतेसम्म र दोस्रो २०७५ माघ ४ गतेदेखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको थियो । ती दुई एक्स्पोमा चीन, भारत, अष्ट्रिया, कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया, बेलायत लगायत देशको सहभागीता थियो । जसमा ८५ भन्दा बढी स्टल राखिएका थिए । तेस्रोमा यो भन्दा बढी सहभागिता हुने दाबी गरिएको छ ।

इपानले गरेको पहिलो र दोस्रो एक्स्पोबाट के कति उपलब्धि हासिल गर्यो भन्ने विषयमा लेखाजोखा गरेको छैन । पहिलोको अपेक्षा के थियो ? कति उपलब्धि हासिल भयो र कमजोरी के के भए भन्ने विषयमा विमर्श गरी बाहिर ल्याउने काम पनि भएको छैन । यसैगरी, दोस्रोबाट के कति उपलब्धि हासिल भयो र तेस्रोबाट के हाँसिल गर्ने भन्नेमा भने इपान प्रस्ट देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit