विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको विद्युत् उत्पादनमा ६.३८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष (आव २०८१/८२) को पहिलो त्रैमासको तुलनामा चालु आव २०८२/८३ को सोही अवधिमा उक्त वृद्धि देखिएको हो । कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा सञ्चालन गर्दै आएको १.५ मेगावाटको ठेउले खोला जलविद्युत् केन्द्रको उत्पादनमा बढोत्तरी आएको कम्पनीकाे चालु आवकाे प्रथम त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ ।

उक्त वित्तीय विवरण अनुसार चालु वर्षको पहिलो त्रैमासमा विद्युत् उत्पादनमा वृद्धि हुँदा कम्पनीको आम्दानीमा समेत उल्लेख्य सुधार भएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२२.०२ प्रतिशतले बढेर ५९ लाख २७ हजार रुपैयाँ पुगेको छ । २०७५ साल असार २४ गतेदेखि कम्पनीले उक्त जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गर्दै आएको हो ।

कम्पनीले म्याग्दीको धौलागिरि गाउँपालिकामा ३.४५ मेगावाटको आंशिक जलाशय जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको जनाएको छ । उक्त आयोजनाको प्रवर्द्धक कम्पनी सिंकोश हाइड्रोपावर प्रालिमा बाराही हाइड्रोको ५१ प्रतिशत सेयर लगानी रहेको छ ।

कम्पनीले बिहीबार आफ्नो १०औँ साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाले कम्पनीको हकप्रद सेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कानुनी तथा प्रशासनिक कार्य गर्न सञ्चालक समितिलाई अख्तियार दिने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीको विविध प्रयोजनका लागि शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने  सञ्चालक समितिको निर्णइलाई अघिल्लो साधारणसभाले नै पारित गरेको थियो । हकप्रद सेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति लिएर नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको र हाल स्वीकृतिको पर्खाइमा रहेको कम्पनीले जनाएकाे छ ।

साधारण सभाले कम्पनीको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षणकाे प्रतिवेदन र लेखापरीक्षकको पारिश्रमिक ताेक्ने तथा नियुक्ति गर्ने साधारण प्रस्तावसमेत पारित गरेको छ ।

कम्पनीका अध्यक्ष रामेश्वर पराजुलीको अध्यक्षतामा भक्तपुरको सूर्यविनायक नगरपालिका डोलेश्वरमा भएको उक्त साधारण सभामा ५८ प्रतिशत सेयरधनीको उपस्थिति थियो । शेयरधनीहरूले लिखित तथा मौखिक रूपमा राखेका जिज्ञासाको कम्पनीका अध्यक्षसहितका पदाधिकारीले स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३