images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिम कन्सल्ट प्रा.लि ले ४.२९२ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन निर्माण अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ । कम्पनीले निर्माणाधीन रेले खोला जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न आवश्यक लाइन निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएको हो ।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ मा निर्माणाधीन रेले खोला जलविद्युत् आयोजनाको स्वीच्यार्डदेखि सोही गाउँपालिका–३ रहेको नेपाल विद्युत् प्राधिकरणको दाना सबस्टेसन सम्मका लागि प्रसारण लाइन निर्माण गर्न विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजनाको काम अघि बढाइने छ ।

प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्रमा विभाग वा प्रवर्द्धक कम्पनीमा आइपुग्ने गरी लिखित राय/सुझाव पेश गर्न आग्रह गरको छ । 

यस प्रसारण लाइन आयोजनाबाट ६ मेगावासम्मको विद्युत् प्रवाह गर्न सकिनेछ । ४.२९२ किलोमिटर लामो प्रसारण लाइनमा ७० वटा पोलहरू खडा गरिनेछ । पोलको अधिकतम उचाई ११ मिटर तथा पोलहरु बीचको औसत दूरी ४० मिटर हुने अध्ययनले देखाएको छ । यस आयोजनाका लागि २.३०७ हेक्टर जमिन आवश्यक पर्नेछ । 

प्रसारण लाइन निर्माणको काम १ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, वायु प्रदूषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit