विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रअन्तर्गतको मुकुन्दपुर सबस्टेसन स्तरोन्नती गरिएको छ । सबस्टेसनमा यसअघि ६/८ एमभिएको ट्रान्सफर्मर रहेकोमा अहिले २०/२४ एमभिएको थप गरी स्तरोन्नती गरिएको हो ।

नवलपुरको यो सबस्टेसनबाट दुई वटा फिडर निकाली एउटा गैंडाकोट र अर्को प्रगतिनगरतर्फ वितरण गरिएको छ । अब सबस्टेसन स्तरोन्नती भएपछि थप दुई वटा फिडर निकालेर ओभरलोड भएको लाइनको लोड घटाउन सकिने केन्द्र प्रमुख मधुसुधन यादवले बताए ।

‘गैंडाकोट र रजहर फिडरका वितरण लाइन अहिले सिंगल सर्किट रहेको हुँदा अब यसलाई डबल गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘यसपछि यस ट्रान्सफर्मरबाट विद्युत् वितरण गरिएका क्षेत्रमा गुणस्तरीय सेवाको प्रत्याभूति हुनेछ ।’

उक्त ट्रान्सफमरबाट गैंडाकोट नगरपालिका र प्रगतिनगर क्षेत्रका करिब १५ हजार उपभोक्तामा विद्युत् वितरण गरिएको छ । अब यस क्षेत्रमा लाइन ट्रिप हुने वा काटिने, भोल्टेज घटबढ हुने लगायत समस्या समाधान हुने पनि यादवले बताए ।

वितरण तथा ग्राहक सेवा निर्देशनालयको योजना तथा प्राविधिक सेवा विभागबाट परिचालित कार्यक्रमअन्तर्गत सबस्टेसन स्तरोन्नती गरिएको हो । सोही विभागबाट बाराको कलैया, कावासोती र मुकुन्दपुरमा सबस्टेसन स्तरोन्नती गर्ने कार्यक्रम थियो । कावासोती र कलैयाको काम यसअघि नै पूरा भइसकेको छ ।

३ वटै सबस्टेसन स्तरोन्नती गर्न २०७५ सालमा करिब १३ करोड रुपैयाँमा आरके इन्टरनेशनल कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । कम्पनीले करिब २ वर्ष लगाएर ३ वटा सबस्टेसनको काम पूरा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit