विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटडले हकप्रद सेयर निष्कासन गर्न नेपाल धिताेपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यहरूलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमतिका लागि फागुन १८ गते आवेदन दिएको हो ।

विद्युत नियमन आयोगबाट अनुमति पाएपछि सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट अनुमति पाउने लगतै आफ्ना सेयरधनी सदस्यलाई सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

कम्पनीको हाल चुक्त पूँजी १० अर्ब ५९ करोड रूपैयाँ बराबरकाे १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

हकप्रद सेयर निष्कासनपश्चात संकलन भएको पूँजी र माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट भएको आम्दानी २० मेगावाटको रोल्वालिङ, ९९ मेगावाटको माथिल्लो तामाकोसी ५ र अन्य  आयोजनामा लगानी गरिने कम्पनीले जनाएको छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड २०० रुपैयाँ हुनेछ । कम्पनीको दोलखामा ४५६ मेगावाटमो माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit