विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत आयाेजनामा खटाउने गरी दुई कम्पनीले ५७ कर्मचारी माग गरेका छन् ।  ट्याक हाइड्रो कन्सल्टेन्सी र मध्य भोटेकोसी जलविद्युत कम्पनीले निर्माणाधीण तथा निर्माणको तयारीमा रहेकाे आयाेजनामा खटाउने गरी उक्त कर्मचारी माग गरेका हुन् ।

मध्य भोटेकोसीले ५३ र ट्याक हाइड्रोले ४ जनाकाे पदपूर्ति गर्न कर्मचारीको माग गरेका छन् । ट्याक हाइड्रोले १ जियोटेक्निकल इन्जिनियर, १ साइट इन्जिनियर, एक सर्वेक्षक र एक जना लेखा प्रशासकको माग गरेको छ । कम्पनीका अनुसार जियोटेक्निकल इन्जिनियरको लागि सम्बन्धित विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि एक वर्ष काम गरेको अनुभव हुनपर्नेछ । 

साथै, साइट इन्जिनियरको लागि सिभिल इन्जिनियरिङ विषयमा स्नात्तक तह उत्तीर्ण गरी कम्तीमा पनि ३ वर्ष कार्यअनुभव भएको, सर्वेक्षणका लागि जियोम्याटिक्स विषयमा डिप्लोमा गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पनि ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जानकारी दिएको छ । यस्तै, लेखा प्रशासक लागि वित्तीय विषयमा स्नात्तक तह उर्तीण गरी कम्तीमा पनि ३ वर्ष काम गरेको अनुभव हुपर्नेछ ।

थप जानकारीका लागि ः

यसैगरी, मध्ये भोटेकोसीले निर्माणाधीन १०२ मेगावाटको मध्ये भोटेकोसीमा खटाउन ५३ कर्मचारीको माग गरेको छ । कम्पनीले ५ जना इन्जिनियर, एकजना ट्रान्सलेटर, ६ जना टेक्निसियन, ११ जना साइट टेक्निसियन, ७ जना टनेल टेक्निसियन, ८ जना सिभिल टेक्निसियन, ८ जना मेकानिकल टेक्निसियन र ७ जना इलेक्ट्रीकल टेक्निसियनको माग गरेकाे छ ।

इन्जिनियरका लागि सम्बन्धित विषयमा स्नात्तक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ट्रान्सलेटरका लागि सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्यअनुभव भएको, टेक्निसियनको लागि साधारण लेखपढ गर्न सक्ने र सम्बन्धित क्षेत्रमा ४ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ । साइट टेक्निसियन, टनेल टेक्निसियन, सिभिल टेक्निसियन, मेकानिकल टेक्निसिय र इलेक्ट्रीक टेक्निसियकनका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा ४ वर्ष काम गरेको हुनपर्ने कम्पनीले जानकारी दिएको छ ।

आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

थप जानकारीका लागि ः

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit