images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चार महिनामा करिब एक दर्जन प्रसारण लाइन आयोजनाले अध्ययन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएका छन् । विभागका अनुसार फागुनदेखि जेठसम्मको अवधिमा १० प्रसारण लाइन आयोजनाले अध्ययन अनुमतिका लागि आवेदन दिएका हुन् । 

अध्ययन अनुमतिका लागि आवेदन दिएका आयोजनाहरुमध्ये नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रकाे रहेकाे विवभागले जनाएकाे छ । अध्ययन अनुमतिका लागि आवेदन दिएका प्रसारण लाइन आयोजना २२० केभी, १३२ केभी र ३३ केभीका रहेका छन् । २२० केभी क्षमताका १, १३२ केभी क्षमताका ६ र ३३ केभी क्षमताका ४ प्रसराण लाइन आयोजनाले आवेदन दिएको तथ्यांकमा उल्लेख छ  ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेकाे  २२० केभी क्षमताका लप्सीफेदी–कपन–गुम्बा–तिनपिप्ले प्रसारण लाइनले २०८० जेठ ९ गते अध्ययन अनुमतिका लागि आवेदन दिएको छ । 

१३२ केभी क्षमताको  भोटेकोसी–१, मेवा हाइड्रो, करुवा सेती, बलाजु–महाराजगञ्ज–राजदरबार, भक्तपुर–कटुँजे, टेकु–थापाथली र बफीकोट–कुङग्री प्रसारण लाइन आयोजनाले पनि अध्ययन अनुमतिका लागि आवेदन दिएका छन् । 

यसैगरी, ३३ केभी क्षमतका बलेफी–ए, पदम खोला र स्यार्पु एसपी प्रसारण लाइन आयोजनाले लागि आवेदन दिएको विभागले जनाकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit