विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन १३२ केभी बर्दघाट–सर्दी डबल सर्किट प्रसारण लाइन ९० प्रतिशत बढी पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको प्रसारण लाइन अन्तिम चरणमा पुगेको हो ।

होङ्सी शिवम् सिमेन्ट उद्योगमा दिगो र गुणस्तरीय विद्युत सेवा दिन तथा स्थानीय क्षेत्रमा विद्युतीकरण गर्न निर्माण भइरहेको प्रसारण लाइनको ४० वटा टावर ठड्याइसकिएको आयोजना प्रबन्धक हरि पाण्डेले बताए । उनका अनुसार २० किलोमिटर लामो प्रसारण लाइनमा ६७ वटा टावर निर्माण हुँदैछन् । 

‘प्रसारण लाइनको निर्माण अब सकिन लागेको छ,’उनले ऊर्जा खबरसँग भने, ‘टावर ठड्याएका ठाउँमा तार तान्न सुरु गरिसकेका छौं, ३ किलोमिटर तार तान्ने काम सकिएको छ ।’  प्रसारण लाइनको काम गत जेठमा नै सम्पन्न गरेर सञ्चालनमा ल्याउने योजना थियो । कोरोना (कोभिड–१९) महामारीको जोखिम नियन्त्रण गर्न गरिएको निशेधाज्ञाले निर्माण प्रभावित हुँदा सम्पन्न गर्न नसकिएको उनले बताए । 

प्रसारण लाइनको रुटमा पर्ने केही स्थानमा स्थानीयबासीको अवरोध तथा बर्खे झरीका कारण काम हुन नसक्दा पनि निर्माण लम्बिएको उनले बताए । स्थानीयबासीको अवरोधले प्रसारण लाइनको तार तान्न समस्या भएको भएको छ । स्थानीय अवरोध कै कारण तार तान्ने कार्यलाई तीव्रता दिन नसकेको पाण्डेले बताए ।

प्रसारण लाइन निर्माण गर्न रुटमा पर्ने ५ हजार ६ सय रुख कटान गर्नुपर्नेमा ४ हजार रुख काटिएको छ । प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको क्षतिपूर्ति वितरण गर्ने काम पनि भइरहेको छ ।

मौसममा सुधार भएमा तार तान्ने कार्यलाई तिव्रता दिइने आयोजनाले जनाइएको छ । लाइन सम्पन्न गर्न ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्राधिकरणले सिमेन्ट उद्याेगका लािग ३० मेगावाट लाेड स्वीकृत गरिसकेकाे छ ।

प्रसारण लाइन सम्पन्न भई सञ्चालनमा आएपछि एउटा सर्किटबाट होङ्सी शिवम सिमेन्ट उद्योग र अर्को सर्किटबाट स्थानीय क्षेत्रमा विद्युत सेवा वितरण गरिनेछ । नवलपरासी सुस्ता पश्चिममा रहेको यो सिमेन्ट उद्योगले अहिलेसम्म राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पाउन सकेको छैन । 

२०७५ साल असारदेखि सिमेन्ट उत्पादन सुरु गरेको उद्योगले आफैं विद्युतको वैकल्पिक व्यवस्था गरेको छ । ५० मेगावाट विद्युत आवश्यक पर्नेमा १२ मेगावाट विद्युत उद्योगको भट्टीको तापबाट उत्पादन गरेर खपत गरिएको छ भने बाँकी विद्युतका लागि थर्मल प्लान्ट राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit