images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको याम्बालिङ हाइड्रो पावर प्रालिको साधारण सभा आगामी भदौ १३ गते हुने भएको छ । कम्पनीको तेस्रो साधारणसभा बुधबार बिहान साढे ८ बजेदेखि हुने भएको हो ।

कम्पनीको साधारणसभामा आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ । यसैगरी, आव २०७९/८० को लेखापरिक्षण प्रतिवेदन तथा वासलात नाफा नोक्सान, हिसाब, नगद प्रवाह विवरण तथा अनुसूची छलफल गरी निर्णय गरिने कम्पनीले जनाएको छ ।

सभाले आव २०८०/८१ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमीक निर्धारण गर्नेछ । साथै, सभामा साधारण सेयर निष्कासन गर्ने सम्बन्धी छलफल हुने कम्पनीले जनाएको छ । कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit