विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न सेवा समूह तथा उपसमूहमा कार्यरत ९ जना उच्च पदाअधिकारीलाई सह–निर्देशकमा बढुवा गरेको छ । प्राधिकरण बढुवा सिफारिस समितिले बुधबार जेष्ठता, कार्यसम्पादन तथा कार्यक्षमता मूल्याङ्कनका आधारमा ९ तहका ती कर्मचारीलाई सह–निर्देशक (१० तह) मा बढुवा गरेको हो ।

कर्मचारी सेवा विनियमावली, २०६२ (संशोधनसहित) को विनियम ४३ (क) र विनियम ५० मा भएको व्यवस्थाअनुसार कर्मचारीको बढुवा गरी रिक्त स्थानमा पदपूर्ति गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले २० गतेको निर्णय अनुसार बढुवा गरेको हो । 

जेष्ठता र कार्यसम्पादनको आधारमा ४ जनाको बढुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तुलसी प्रसाद सापकोटा, डोलनाथ कडेल, भरत शम्शेर भट्टराई र तोमलाल सुबेलीलाई बढुवा गरिएको छ ।

यस्तै, कार्यक्षमताका मुल्याङकनका आधारमा ५ जनालाई बढुवा गरिएको छ । कार्यक्षमताका आधारमा चुडामणी आचार्य, इन्दिरा देवी दाहाल, केशव राज वली, बसन्त कुमार ढुंगाना र खिमानन्द चौधरीलाई बढुवा गरिएको छ । प्राधिकणले गत १९ गतेको निर्णय अनुसार १५ जनालाई बढुवा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit