विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशको राष्ट्रिय प्रणालीमा विद्युत खपतको ग्राफ निरन्तर उकालो लाग्न थालेको छ । आन्तरिक खपतमा आएको सुधार वा वृद्धि भन्दा पनि भारतको बिहारमा हाम्रो प्रणालीबाट बिजुली जाँदा उच्च माग बढेको देखिएको छ ।

देशभित्रको प्रणालीमा उपलब्ध बिजुली बिहारको मागअनुसार आदानप्रदान हुने बिन्दुहरूबाट उता बग्दा माग बढेको छ । यसो त, बिहारतिर पठाइएको परिमाणबाहेक देशभित्रको माग कति छ भन्ने यकिन तथ्यांक नेपाल विद्युत प्राधिकरणले भन्ने गरेको छैन ।

प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार बुधबार (असोज २० गते) प्रणालीमा उच्च माग १७५९ मेगावाट रेकर्ड भएको छ । भारतमा कोइलाको मूल्य बढेसँगै बिजुलीको मूल्यमा समेत बृद्धि हुँदा उता जलविद्युतको माग बढेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

‘भारतमा कोइलामा आधारित विद्युतगृह रहेको र कोइलाको मूल्य बढेका कारण त्यहाँ विद्युत संकट देखिएको छ,’ उनले बिहीबार ऊर्जा खबरसँग भने, ‘यस वर्ष हामीले उता अधिक माग हुँदा ३०० मेगावाटसम्म पठाएका छौं ।’ उनका अनुसार सबैभन्दा कुशाहा–कटैया, रक्सोल–परवानीपुर र गण्डकबाट बिहारतर्फ बिजुली गइरहेको छ ।

अहिले भारतर्फ गइरहेको बिजुली निर्यात नभई आदानप्रदान प्रणाली अनुसारको हो । यसरी पठाइएको बिजुलीको मूल्य भारतले कति दिन्छ भन्ने निक्र्योल हुँदैन । निर्यात गर्नका लागि द्विपक्षीय सम्झौतासँगै दर रेट र परिमाण तोकिनुपर्छ । यद्यपि, अहिले पठाइएको बिजुली पनि भारतको मागअनुसारकै रहेको भट्टराईले बताए ।

केन्द्रका अनुसार १३२ केभी रक्सौल–परवानीपुर र कुशाहा–कटैया लगायत विन्दुबाट ३१३१ मेगावाट घन्टासम्म विद्युत पठाइएको छ । यही सयममा ५१० मेगावाट घन्टा विद्युत आयात भएको थियो । प्राधिकरणले बिहान, साँझ र रातिको समयमा बिहारले मागेको समयमा विद्युत पठाइरहेको छ ।

केन्द्रका अनुसार बिहारसँग आयातनिर्यात भएको विद्युतको ‘नेट मिटरिङ’ गरिएको छ । हिउँदमा अहिले निर्यात गरिरहेकै बिन्दुमार्फत आयात हुने गर्दछ । उच्च माग १७५९ मेगावाट पुग्दा विद्युत प्राधिकरणका जलविद्युतगृहबाट ११८०५ मेगावाट घन्टा, सहायक कम्पनीले सञ्चालन गरेकाबाट ८४२६ मेगावाट घन्टा, निजी क्षेत्रबाट १३३१८ मेगावाट घन्टा उत्पादन भएको छ ।

पछिल्लो सयम उच्च मागमा बढ्ने क्रम जारी छ । यसअघि असोज १८ गतेको उच्च माग १७३३ थियो, त्यो दिन बिहारको माग बढ्दा यता उच्च माग बढेको थियो । मंगलबार भने उच्च माग घटेर १५९० मेगावाटमा कायम भएको थियो ।

आन्तरिक उत्पादन बढेकाले अहिले भारतबाट आउने विद्युत परिमाण भने घटेको छ । हिउँदमा साढे ८ सय मेगावाटसम्म आयात भएकोमा अहिले त्यो अवस्था छैन ।

कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरका बेला १००० देखि १२ सय मेगावाट हाराहारीमा रहेको उच्च माग निशेधाज्ञा खुले यता क्रमशः उकालो लागेको छ । उच्च माग वृद्धि हुँदा उपत्यकाको खपत पनि बढिरहेको प्राधिकरणले जनाएको छ । उत्पादन बढिरहेकाले विद्युतको आन्तरिक बजार विस्तार गर्न प्राधिकरणले पनि ग्राहकसमक्ष खपत बढाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit