विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले केबल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायकबाट करिब ८१ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । प्राधिकरणको संरचना उपयोग गर्ने प्रदायकबाट यति राजश्व उठेको हो ।

१३ वटा सेवा प्रदायक कम्पनीबाट ८० लाख ९८ हजार ६ सय ९१ रुपैयाँ राजस्व असुली गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार राजश्व संकलन भएका मध्ये चित्रबन युनिक केवल नेटको बढी छ । यो कम्पनीबाट ३० लाख ५५ हजार रुपैयाँ राजश्व असुल गरिएको छ ।

यस्तै, कनेक्ट नेपालले १ लाख ७७ हजार ९ सय ९७ रुपैयाँ, त्रिबेणी केबल नेटवर्कबाट १ लाख ९३ हजार ८ सय रुपैयाँ, प्राइम नेटवर्कबाट २ लाख ३४ हजार रुपैयाँ राजश्व असुल गरिएको छ ।

फाईवर वल्र्ड कम्युनिकेसन प्रालिबाट १ लाख २२ हजार ४० रुपैयाँ, ब्रोडलिंकबाट १ लाख १ हजार ७ सय, वेबसफरबाट ३ लाख ५ हजार १ सय, डिसहोमबाट ६ लाख ६१ हजार ५० रुपैयाँ, पिडीएस सर्भर नेटवर्कबाट २५ हजार ४ सय २५, सुबिसु इन्फोटेकबाट २२ लाख २४ हजार ६६ रुपैयाँ राजश्व असुल गरिएको केन्द्रले जनाएको छ ।

यस्तै, स्वघोषणा नगरी  ३ कम्पनीकाे १० लाख २९ हजार २७ रुपैयाँ राजश्व असुल गरिएको  केन्द्रले जनाएको छ । लामो समयदेखि संरचना उपयोग गरेबापतको रकम नतिरेका सेवा प्रदायकले राजश्व बुझाएका हुन् ।

प्राधिकरणले २०७३ सालमा नयाँ कार्यविधि बनाएर लागु गरेदेखि नै सेवा प्रदायकले राजश्व तिर्न अडेरी गरिरहेकाले कारबाही गरेर असुल्ने अभियान चलाइएको छ ।

इन्टरनेट सेवा वा अन्य सञ्चार सम्बन्धी सेवा प्रदान गर्ने कम्पनीहरुले नियमित पोल चार्ज वापत पोल भाडा अवस्था हेरेर झण्डै ९ हजारदेखि १४ हजार प्रति किमी तिर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit