विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दैलेखका स्थानीय तहका ९० वडामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरण विस्तार गरी ११ स्थानीय तहका यी वडामा विद्युत् पहुँच पुर्‍याएको हो ।

जिल्लामा अहिलेसम्म ७० प्रतिशत विद्युतीकरण भइसकेको प्राधिकरण दैलेख वितरण केन्द्र प्रमुख नरेशदत्त रावलले बताए । उनका अनुसार जिल्लाका १५ हजार ८०० घरधुरीमा विद्युत् पहुँच पुगेको छ ।

पछिल्लो २ महिनामा मात्रै जिल्लाका ८०० घरधुरीमा विद्युतीकरण विस्तार भएको पनि रावलले जानकारी दिए । जिल्लामा विद्युतीकरणले तीव्रता पाएसँगै दैलेखमा प्राधिकरणका ग्राहकको संख्या पनि बढेको उनले बताए ।

दैलेखका ९० वडामध्ये हालसम्म ८२ वडामा विद्युतीकरणको काम सम्पन्न भएको वितरण केन्द्रले जनाएको छ । ‘विद्युतीकरणको तीव्र विस्तारसँगै विद्युतका उपभोक्ताको सङ्ख्या बढ्दै गएको छ । दुई महिनाको अवधिमा थप ८०० घरधुरीमा विद्युत् विस्तार भएको छ’, रावलले भने ।

जिल्लाका आठविस नगरपालिका, ठाँटिकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाका केही वडामा मात्र विद्युतीकरणको काम हुन बाँकी छ । रावलका अनुसार मङ्गलबार मात्र ठाँटिकाँध गाउँपालिका–५ का ६०० घरधुरीमध्ये ५५० घरमा बत्ती बालिएको छ ।

स्थानीय सरकार सञ्चालनमा आएसँगै दैलेखमा विद्युतीकरणले तीव्रता पाएको हो । सामुदायिक विद्युतीकरणअन्तर्गत स्थानीय तहले विद्युत् विस्तारको कामलाई अघि बढाएका थिए । हाल सामुदायिक विद्युतीकरणअन्तर्गत केही स्थानीय तहको काम प्राधिकरणको दैलेख वितरण केन्द्र मातहत हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit