विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशय जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण तथा भीरहरू फुटाउन जिम्मा शेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रालिले पाएको छ । प्रवर्द्धक जगदुल्ला हाइड्रो पावर कम्पनीले निकालेको ठेक्का उक्त कम्पनीले पाएको हो ।

त्रिवेणीदेखि इल्लासम्मको पहुँचमार्ग निर्माण तथा भिर फुटाउने जिम्मा शेर्पा हाइड्रोले पाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहुँचमार्ग निर्माण तथा भिर फुटाउन निकालिएको ठेक्कामा शेर्पा हाइड्रो र कङ्ग्री एडी जेभी प्रारम्भिक छनोटमा परेका थिए ।

आर्थिक प्रस्तावमा शेर्पा हाइड्रो छनोट भएर ठेक्का पाएको छ । शेर्पा हाइड्रोले १० करोड २६ लाख रुपैयाँमा एक वर्षभित्र काम सम्पन्न गर्नेगरी जिम्मा पाएको कम्पनीले जनाएको छ ।

आयोजनासम्म पुग्नका लागि पहुँचमार्ग निर्माणको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय डोल्पाले ४५ किलोमिटर लामो पहुँचमार्ग निर्माण गरिरहेको हो । ८.५ किलोमिटर खण्ड भाैगाेलिक रूपमा निकै जटिल भएकाले कर्णाली प्रदेश सरकारको स्वीकृति लिएर भीर फुटाउन लागिएको कम्पनीले जनाएको छ ।

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि पूर्वतयारीको काम चलिरहेको छ । यो वर्ष तयारी सकेर आगामी वर्षबाट निर्माणका जाने योजना रहेको छ । २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अन्तिम चरणमा पुगेको छ ।

जलविद्युत आयोजनाले विद्युत विकास विभागबाट २०७४ मा अध्ययनका लागि सर्वे लाइसेन्स लिएर अध्ययन अघि बढाएको हो । डोल्पामा  निर्माण हुने आयोजनाको विद्युतगृह मुड्केचुला गाउँपालिका–४, इलमा निर्माण  हुने तथा जगदुल्ला गाउँपालिका वडा नम्बर १ र २ मा बाँध निर्माण हुने अध्ययनले देखाएको छ ।

काम सुरु गरेको करिब ६ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ७.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित विद्युतगृहमा खसालिने अध्ययनले देखाएकाे छ ।

कूल ३०७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण १०६ मेगावाटमात्र विद्युत उत्पादन गर्न सकिने गरी क्षमता अद्यावधिक (अप्टिमाइजेसन) गरिएको आयोजनाले जानकारी दिएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक ६१५.३२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाको विवरण

क्षमता : १०६ मेगावाट
निर्माणस्थल : कर्णाली प्रदेश, डोल्पा जिल्ला
आयोजनाको प्रकार : आंशिक जलाशय
पहुँचमार्ग : ४५ किलोमिटर
सुरुङ : ७.१ किलोमिटर 
कूल लागत : १९.९० अर्ब रुपैयाँ (विस्तृत परियोजना प्रतिवेदन) अनुमान (यसअघि अनुमानित २२ अर्ब रुपैयाँ)
वार्षिक उत्पादन : ६१५.३२ गिगावाट घन्टा 
विद्युत जोडिने : नलगाड सबस्टेसन (४५ किलोमिटर लामो प्रसारण लाइन)

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit