विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ताप्लेजुङ । गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्‍याएको इवाखोला जलविद्युत् आयोजनाको पुनर्निर्माण चैतभित्र सकिने भएकाे छ ।  ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोलामा रहेकाे  आयोजनाको क्षमता ९.९ मेगावाट रहेको छ । 

तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवर्द्धनमा उत्पादित सो जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्‌गृहमा बाढीपहिरोले क्षति गरेको थियाे । आयोजनाको पुनर्निर्माणको काम अहिलेसम्म नसकिँदा ९ महिनादेखि विद्युत् उत्पादन ठप्प रहेको छ ।  

जलविद्युत् आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा तत्कालीन समयमा ७० करोड रुपैयाँ बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का कार्यकारी सदस्यसमेत रहेका आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार बाढीपहिरोले बाँध, एक किलोमिटर जति पाइप लाइन, विद्युत्‌गृह र अन्य संरचनामा क्षति गरेको थियो । 

बाढीपहिरोले क्षति गरेको संरचनाको मर्मत तथा पुनर्निर्माणको काम भने अहिले धमाधम भइरहेको उनले जानकारी दिए । पुनर्निर्माणलाई तीव्रता दिँदै आएको र चैतभित्र सम्पन्न गरी आगामी बैशाखसम्ममा उत्पादन सुरु गर्ने लक्ष्य रहेकाे उनले बताए । 

आयोजना नजिक रहेको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ को विद्युत् उत्पादन भने सञ्चालन भएको छ ।

अरुण काबेली पावर लिमिटेडको प्रवर्द्धनमा निर्माण भएको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको उत्पादन करिब एक महिनाअघिदेखि सुरु भएको हो ।

गत असारकाे बाढी पहिराेले इवाखोला, काबेली बी–१ लगायत यस क्षेत्रमा जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएकाे थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit