विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अछाम र सुर्खेतको सीमा भएर बग्ने कर्णाली नदीमा निर्माणका लागि प्रस्तावित ४३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशय आयोजना निर्माणका लागि अघि बढेको छ । उक्त आयोजना निर्माणका उत्पादन अनुमति पत्रको माग गर्द प्रवर्द्धक कम्पनी बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेडले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

विभागले उक्त कम्पनीलाई उत्पादन अुनमति दिनका लािग आयोजनाले कुनै उल्लेख्य वातावरणीय असर गर्ने भए त्यसबारे लिखित राय सूझाव पेश गर्न आह्वान गर्दैै ३५ दिने सूचना सार्वजनिक गरेको छ ।

आयोजना निर्माका लागि प्रवर्द्धक कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार पारी स्वीकृत गराइसकेको छ । प्रतिवेदन अनुसार आयोजनाको मुख्य संरचनाहरु अछामको ढकारी गाउँपालिकामा पर्दछन् । त्यस्तै आयोजनाको भूमिगत विद्युत्गृह सोही गाउँपालिकाको वडा नम्बर ६ मा निर्माण गर्ने गरी डिजाइन गरिएको छ । आयोजनाको विद्युत् गृहमा ६ वटा टर्वाइन राखेर विद्युत् उत्पादन गरिने छ । 

आयोजनाको मुख्य पावरहाउसबाट ४३०.१३ मेगावाट र वातावरणीय बहाबबाट थप ८.८ मेगावाट विद्युत् उत्पादन हुने छ । आयोजनाबाट कुल वार्षिक औषत २३०२.५ गिगावाट आवर विद्युत् उत्पादन हुने छ । आयोजनाको विद्युत् ४०० केभि डबल सर्किट ५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको दोधारा सबस्टेशनमा जोडिने छ ।

आयोजना तत्काल निर्मामा लान सके २०८८ साल भदौ १ गतेसम्ममा विद्युत् उत्पादन थाल्ने लक्ष्य राखिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit