images
images
images
  • प्राधिकरण : ९५५६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६००३ मे.वा.घन्टा
  • निजी क्षेत्र : १०५३४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १३६१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : २६०९२ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १४१० मे.वा.
×

अनलाइनबाट महसुल भुक्तानी गर्न १२ सेवाप्रदायक छनाेट, प्रतिकाराेबार सेवा शुल्क ५ रुपैयाँ लाग्ने

२०७८ भदौ २३

काठमाडौं । नेपाल विद्युत पाधिकरणले विद्युत महसुल अनलाइनबाट भुक्तानी गर्दा ५ रुपैयाँ सेवा शुल्क (चार्ज) लाग्ने निर्णय गरेकाे छ । आर्थिक वर्ष २०७८/७९ देखि अनलाइन भुक्तानी गर्दा यस्ताे शुल्क लाग्ने निर्णय गरेकाे हाे ।

प्राधिकरणका अनुसार ५ सय रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म विद्युत महशुल अनलाइनबाट भुक्तानी गर्दा ५ रुपैयाँ र ५ सयभन्दा कम तिर्दा सेवा शुल्क लाग्ने छैन । यसरी महसुल तिर्न १२ वटा सेवाप्रदायक छनाेट भएका छन्, जसमा स्पाराे पे प्रालि, इ-सेवा, सेलकोम प्रालि, आइएमई डिजीटल सोलुसन, हिमालयन बैंक, नेपाल डिजिटल पेमेन्ट, प्रभु बैंक, नेपाल इनभेसमेन्ट बैंक, आइक्यास प्रालि र महालक्ष्मी डेभलपमेन्ट बैंकबाट महशुल तिर्दा ५ रुपैयाँ सेवा शुल्क लाग्ने उल्लेख छ ।

दुई वटा सेवाप्रदायक अर्थात् सजिलाे पे र पे वेलबाट महसुल भुक्तानी गर्दा क्रमशः ४.८० रुपैयाँ र ३ रुपैयाँ सेवाशुल्क लाग्नेछ । 

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit