images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवा जिल्लामा निर्माण भइरहेको १२० मेगावाटको रसुवा भोटेकोसी जलविद्युत् आयोजनामा खटाउन प्राविधिक र प्रशासनिक अधिकृत  कर्मचारीको माग गरिएकाे छ । लाङटाङ भोटेकोसी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनामा खटाउन १६ प्रशासनिक अधिकृत र प्राविधिक माग गरिएकाे हो । 

३ जना प्रशासनिक अधिकृत, २ जना मेकानिकल इन्जिनियर, ३ जना सिभिल इन्जिनियर, ३ जना फोरम्यान र ५ जना टेक्निसियन गरी जम्मा १६ कर्मचारीको माग गरेको कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार प्रशासनिक अधिकृतका लागि सम्बन्धित काममा कम्तीमा पनि ३ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ । 

मेकानिकल इन्जिनियरका लागि इन्जिनियरिङ विषयमा स्नात्तक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पनि ४ वर्ष काम गरेको हुनुपर्ने, सिभिल इन्जिनियरका लागि सम्बन्धित विषयमा स्नात्तक तह उत्तिर्ण गरी कम्तीमा ४ वर्ष कार्यअनुभव भएको हुनुपर्ने, फोरम्यानका लागि इन्जिनियरिङ विषयमा डिप्लाेमा गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ ।

यसैरी, टेक्निसियनका लागि साधारण शिक्षा भएको र सम्बन्धित क्षेत्रमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ । आवेदकले आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit