काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार सोमबार दिउँसो गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी अन्य पहाडी भू–भागमा आंशिक बदली रही अन्य भेगमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको उल्लेख गरेको छ ।
सोमबार राती कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भेगमा मौसम मुख्यतया सफा रहने छ । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।