images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मिजु इनर्जी लिमिटेडले संखुवासभामा ५४ मेगावाटको लोअर अप्सुवा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले जिल्लाको अप्सुवा खोलाको पानी उपयोग गरी आयोजना निर्माण गर्न लागेको हो ।

जिल्लाको सिलिचोङ तथा मकालु गाउँपालिका भएर बग्ने अप्सुवा खोलाको दायाँ किनारमा मुख्य–मुख्य संरचनाहरू रहने गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृति प्राप्त भए लगत्तै आयोजनाको काम अघि बढाउने पनि कम्पनीले जानकारी दिएको छ ।

प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भए सूचना प्रकाशित भएको ३५ दिनभित्र सरकारवालाई कम्पनीको कार्यालय वा विभागमा आइपुग्ने गरी लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ ।

आयोजनाको मुख्य भौतिक संरचनाहरू सिलिचोङ गाउँपालिका अप्सुवा खोलाको दायाँ किनारमा रहने छ । आयोजनाका लागि पानी लिन अप्सुवा खोलाका ४० मिटर लम्बाई तथा ८ मिटर उचाई भएको बाँध निर्माण गरिनेछ । यसरी बाँध बाँधी जम्मा भएको पानीलाई पेनस्टक पाइपमार्फत् विद्युत् गृहसम्म पुर्याइने छ ।

आयोजनाबाट ३४१.६९ मेगावाट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । विद्युत् गृह नजिक स्वीचयार्ड निर्माण गरिनेछ । यस आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत १८ किलोमिटरको दूरीमा रहेकाे नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन सितलपाटी सबस्टेसन जोडी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ ।

आयोजनाको काम ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकाे छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भूक्षय, वायु प्रदुषण आदिद्वारा वातावरणमा प्रतिकुल असर नपर्ने गरी निर्माण गरिने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit