विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं ५ बाट नवनिर्वाचित सांसद तथा कांग्रेस नेता प्रदीप पौडेलले नाङ्गो तार व्यवस्थापनका लागि पहल सुरु गरेका छन् । बुधबार (मंसिर २१ गते) नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटेर काठमाडौं ५ सहित उपत्यकामा रहेको विद्युतीय तारको समस्या हल गर्न आग्रह गरेका हुन् ।

भेटमा उनले सबै सडकका पोललाई यथासक्य चाँडो प्रतिस्थापन गरी भूमिगत गर्न, प्रतिस्थापन भएका ठाउँमा सडकमा पारिएका खाल्डा पुर्न र सम्पूर्ण नाङ्गो तारलाई कालो तारले प्रतिस्थापन गर्न आग्रह गरेका छन् ।

यस्तै, घिसिङले कतिपय स्थानमा काम भइरहेको र कतिपय स्थानमा काम गर्न अवरोध सिर्जना भएको जानकारी गराए । मुख्य सडक क्षेत्रमा काम भइरहेको र भित्री सडकहरूमा साँगुरो बाटो र ढल एकै ठाउँमा भएका कारण काम गर्न अफ्ठयारो रहेको उनको भनाइ थियो । तर, तीन वर्ष भित्रमा यो काम सम्पन्न हुने घिसिङले जानकारी दिए ।

निर्देशक घिसिङले समस्या हल गर्न काठमाडौंमा २० ओटा सबस्टेसन निर्माण गर्ने जस अन्तर्गत टोखा नगरपालिकामा पनि एउटा सबस्टेसन निर्माण हुने जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit