विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २.४ मेगावाटको  माथिल्लो स्याङ्गे खोला जलविद्युत आयोजना अबको साताभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । लमजुङमा निर्माण सम्पन्न भएको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु हुन लागेको हो ।

अप्पर स्याङ्गे हाइड्रो पावर कम्पनीले निर्माण सुरु गरेको ४ वर्षमा आयोजना सम्पन्न गरेको हो । २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको निर्माण सकिएर सिभिल संरचना तथा जडान भएका उपकरणहरूको परीक्षण सकिएको आयोजना इन्जिनियर जिवन केसीले बताए ।

उनका अनुसार आयोजनामा जडान भएको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल उपकरण ठिक छन् कि छैनन् भनी गरिएको परीक्षण सफल भएको छ । संरचना तथा उपकरणको परीक्षणको चरण पूरा भएकोले आगामि एक साताभित्र उत्पादन परिक्षण सुरु गरिनेछ ।

एक साताभित्र नेपाल विद्युत प्राधिकरणका प्राविधिक गएर उत्पादन परिक्षण सुरु गर्नेछन्,’ उनले ऊर्जाखबरसँग भने, ‘आयोजनाबाट उत्पादन भएको विद्युत प्रसारण प्रणालीमा जोडिएपछि २ सातासम्म परीक्षण उत्पादन चल्नेछ ।’  परीक्षण उत्पादनको चरण पूरा गरेर व्यापारिक उत्पादन सुरु गरिने कम्पनीले जनाएको छ ।

आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइन मार्फत १२ किलोमिटर दुरीमा रहेको खुदी सबस्टेसनमा जोडिनेछ । सबस्टेसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

आयोजनाबाट वार्षिक १४.६१६ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदमा २.८६८ गिगावाट घन्टा र बर्खामा ११.७४८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाबाट २०७६ जेठभित्रनै विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि विविध कारणले गर्दा ढिला भएको हो । आयोजना ४६ करोड १० लाख ८४ हजार रुपैयाँमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit