विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर २२, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् विकास विभागले हालसम्म १४६ वटा प्रसारण लाइन आयोजनाको सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । यी प्रसारण लाइनको कुल लम्बाई ३,४०५.९५ किलोमिटर रहेको छ । विभागले २०७३ मंसिर २७ गतेयता २०८२ मंसिर २ गतेसम्म उक्त परिमाणका लाइन निर्माणका लागि अनुमतिपत्र जारी गरेको हो ।

यी लाइनको कुल विद्युत् प्रवाह क्षमता ४५ हजार ५४२ मेगावाट रहेको छ । विभागले अनुमतिपत्र जारी गरेका लाइनहरूमा ११, ३३, १३२, २२० र ४०० किलोभोल्ट (केभी) क्षमताका रहेका छन् ।

सर्वेक्षण अनुमति पाएका प्रसारण लाइनहरूमा ११ केभीको एउटा मात्र रहेको छ । त्यस्तै, ३३ केभीका ३९ वटा, १३२ केभीका ६३ वटा, २२० केभीका २९ वटा र ४०० केभीका १४ वटा आयोजना रहेको विभागले तथ्याङ्कले देखाएको छ ।

विभागको विवरण अनुसार २०७३ मंसिरमा राधी स्मल हाइड्रोपावर कम्पनीले ३३ केभी प्रसारण निर्माणको सर्वेक्षण अनुमतिपत्र लिएको थियो । त्यस्तै, अन्तिममा २०८२ मंसिर २ गते सुपर इर्खुवा हाइड्रोपावर कम्पनीले ३३ केभी शीतलपाटी प्रसारण लाइन निर्माणको सर्वेक्षण अनुमतिपत्र लिएको हो ।

नेपाल सरकारले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने र सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्य बनाउने लक्ष्य लिएको छ । उक्त लक्ष्य पूरा गर्नका लागि सर्वेक्षण भइरहेका तथा सर्वेक्षण पूरा गरेर निर्माणमा गएका प्रसारण पूर्वाधारले सहयोग पुर्‍याउन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३