विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले ३ लाख ४३ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा निर्माणाधीन १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयामा अंकित ३ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासन गरी बाँडफाड गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

कम्पनीले मंगलबार नियुक्ती सम्बन्धि सम्झौता सम्पन्न गरेको छ । सम्झौतापत्रमा कम्पनीको तर्फबाट सञ्चालक मित्र लाल श्रेष्ठ तथा क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले अहिले निर्माण गरिरहेको डाउन पिलुवा ६० प्रतिशत पूरा भएको छ । बाँकी काम साढे दुई वर्षमा पूरा गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

आयोजनाबाट उत्पादीत विद्युत २२० केभी कोसी कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट वार्षिक ५७.६८५ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit