विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चीनले थ्री गर्जेजपछि १६ हजार मेगावाटको अर्को ठूलो जलाशय जलविद्युत आयोजना निर्माण गरिरहेकाे छ । जिन्सा नदी बेसिनमा निर्माणाधीन विश्वकै दोस्रो ठूलो बैहेतान जलाशय आयोजना अबकाे ४ महिनामा सञ्चालनमा आउँदैछ ।

४ वर्षअघि निर्माण सुरु भएको जलाशय आयोजनाको पहिलो युनिट आगामी जुलाई १ बाट सञ्चालनमा आउन लागेकाे हाे । १ हजार मेगावाटको पहिलो युनिट सञ्चालनमा ल्याउन आयोजनाको जलाशयमा पानी भर्न सुरु गरिएको सिनो हाइड्रो इन्जिनियरिङ ब्युरो ८ कम्पनीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

आयोजनाको गेट बन्द गरेपछि जलाशयमा पानीको सतह ६ सय ६५ मिटरबाट बढ्न थालेको छ । मध्य जुनसम्ममा जलाशयमा पानीको सतह ७ सय ७५ मिटर पुग्ने प्रक्षेपण गरिएको छ । 

८ सय २५ मिटर क्षमता रहेको जलाशयमा अगस्टदेखि सेप्सेम्बरसम्मको अवधिमा पानीको सतह ८ सय मिटर हाराहारीमा पुग्नेछ । सेप्टेम्बरपछि भने जलाशय पुरै भरिएर सामान्य अवस्थामा आइपुग्नेछ ।

जिन्सा नदी बेसिनको ९१ प्रतिशत पानी भण्डारण गर्न सकिनेगरी जलाशय निर्माण गरिएको छ । यो जलाशय  याङट्जे नदीमा बर्खामा आउने बाढी नियन्त्रणका लागि पनि महत्त्वपूर्ण हुने बताइएको छ ।

पहिलो युनिट सञ्चालनमा आएपछि बाँकी युनिट पनि सञ्चालन गर्दै जाने सिनो हाइड्रो इन्जिनियरिङले जनाएको छ । आयोजनाको विद्युतगृहमा १ हजार मेगावाट क्षमताका १६ वटा उत्पादन युनिट हुनेछन् ।

जलाशय आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि वार्षिक ६ कराेड २ लाख ४० हजार गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यो जलाशय आयोजनालाई चीनको पूर्व पश्चिम प्रसारण प्रणालीको मेरुदण्डका मानिएको छ । साथै, बर्खाको बाढी नियन्त्रणमा पनि जलाशय आयोजना महत्वपूर्ण हुनेछ ।

जलाशय आयोजनाका सबै युनिट सञ्चालनमा आएपछि कार्बन उत्सर्जन घटाउने लक्ष्य पूरा हुने चीनको दाबी छ । विश्वकै ठूलो २२ हजार ५ सय मेगावाटको थ्री गर्जेज जलाशय आयोजना पनि चीनमा छ । 

दि ग्लाेबल टाइम्सकाे सहयाेगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit