विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतमा आयातित कोइलाको मूल्य बढेसँगै थर्मल प्लान्टबाट उत्पादन हुने विद्युतको लागत ३० प्रतिशत बढ्ने भएको छ । महंगो दरमा आयातित कोइलाको समिश्रण गरी थर्मल प्लान्टले उत्पादन गर्ने विद्युतको लागत बढ्ने भएको हो ।

अल इन्डिया पावर इन्जिनियर्स फेडेरेशन (एआइपिइएफ) ले केन्द्रीय ऊर्जा मन्त्री आरके सिंहलाई पत्र लेखि आयातित कोइला भारतीय कोइलासँग मिश्रण गरी थर्मल प्लान्ट सञ्चालन गर्दा विद्युत उत्पादन लागत पनि बढ्ने भन्दै चिन्ता व्यक्त गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

कोइलाको आन्तरिक उत्पादन घटेकाले विद्युतको बढ्दो माग व्यवस्थापन गर्न १५ प्रतिशत आयातित कोइलाको मिश्रणबाट थर्मल प्लान्ट सञ्चालन गर्नु पर्ने बाध्यताका कारण विद्युत उत्पादन लागत महंगो हुने फेडेरेशनका प्रवक्ता बिके गुप्ताले बताए । उनका अनुसार थर्मल प्लान्टको लोड सेन्टरमा भारतीय कोइलाको मूल्य ५ हजार १ सय ५० भारु हुँदा आयातित कोइलाको लागत प्रतिटन २२ हजार भारु पुग्ने भएकाले विद्युत उत्पादन लागत महंगो हुने देखिएको हो ।

भारतीय कोइलामा महंगोमा आयातित कोइलाको १५ प्रतिशत मिश्रण गरी विद्युत उत्पादन गर्दा प्रतियुनिट लागत ३.२२ भारुबाट बढेर ४.३७ भारु पुग्ने पनि उनले बताए । ‘राज्यका विद्युत वितरण कम्पनीहरूले पहिले नै आर्थिक संकट झेलिरहेका छन्,’ उनले भने,‘ वितरण कम्पनीहरू यो मूल्य बृद्धिको सामना गर्न सक्ने अवस्थामा छैनन् ।’

त्यहाँको ऊर्जा मन्त्रालयले भने सबै थर्मल प्लान्ट सञ्चालकलाई पर्याप्त कोइला सञ्चित राखी विद्युत आपूर्तिमा समस्या आउन नदिन आग्रह गरेको छ । यो वर्ष बर्खामा भएको भारी वर्षाका कारण कोइला उत्पादनमा भएको समस्या, आयातित कोइलाको मूल्य बृद्धि, विद्युतको बढ्दो मागका कारण भारतले अहिले ऊर्जा संकट झेलिरहेको छ । 

कोइला अभावमा पर्याप्त विद्युत उत्पादन हुन नसक्दा विभिन्न राज्यको विद्युत आपूर्तिमा समस्या देखिएको छ । भारतमा कुल जडित क्षमताको ७० प्रतिशत विद्युत कोइलामा आधारित थर्मल प्लान्टबाट उत्पादन हुँदै आएको छ । भारतमा अहिले १३५ वटा कोइलामा आधारित थर्मल प्लान्ट सञ्चालनमा छन् । 

भारतीय समाचार एजेन्सीहरूकाे सहयाेगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३