विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा काम नगर्ने कम्पनीहरूसँग ठेक्का सम्झौता रद्द गर्ने भएको छ । ठेक्का सम्झौता गरेका निर्माणकर्ताले पटक–पटक लिखित तथा मौखिम जानकारी गराउँदा पनि निर्माण कार्य नगरेको र सन्तोषजनक कार्य नभएको भन्दै ठेक्का रद्द गर्न लागेको हो ।

सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा ट्रान्सफर्मर जडान र प्रसारण लाइन विस्तार गर्ने जिम्मा पाएका ७ निर्माण कम्पनीसँगको ठेक्का खारेज गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

नेत्र निर्माण सेवा, भगवती निर्माण सेवा, धुलिखेल एलबी र एबी जेभी, भगवती जेभी, ओम वीर भद्र निर्माण कन्स्ट्रक्सन, मनकामना निर्माण सेवा र एमएस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरेको छ ।

प्राधिकरणले सम्झौता रद्द गर्न नपर्न कुनै मनासिव कारण भएमा सात दिनभित्र निर्माण व्यवसायी तथा आपूर्तिकर्ता स्वयम् उपस्थित भइ स्पष्टीकरण दिन आग्रह गरेको छ ।

सम्झौताबमोजिम तोकिएको काम पूरा गर्न नसकेका कम्पनीलाई कारबाही अघि बढाएको प्राधिकरणले जनाएको छ । यी कम्पनीहरूलाई आदर्श, सायल, बोगाटान, बडीकेदार, जोरयाललगायत गाउँपालिकाका धेरै स्थानमा ट्रान्सफर्मर जडान र पूर्वाधार निर्माण गर्ने ठेक्का दिइएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit