विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले ९ महिनामा साढे २६ करोड रुपैयाँ भन्दा बढी मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमाससम्ममा सो नाफा आर्जन गरेको हो ।

साउनदेखि चैतसम्मको अवधिमा २६ करोड ६१ लाख ९५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्षको तुलनामा कम्पनीको नाफा बढेको हो । गत वर्ष २३ करोड ७५ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो । 

यसैगरी, कम्पनीले जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ५८ करोड ३१ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको तुलनमा विद्युत बिक्रीबाट हुने आम्दानी घटेको छ । गत वर्ष ५९ करोड ४८ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीले अन्य स्रोतबाट पनि ६ करोड ८० लाख १८ हजार रुपैयाँ आम्दानी गरेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । १२ मेगावाटको झिमरुक, ९.४ मेगावाटको आँधीखोला, ४ मेगावाटको खुदी र ३० मेगावाटको न्यादी खोला जलविद्युत आयोजना सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit