विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् क्षेत्रको बढ्दो दायराबारे जानकारी दिन ‘नेपालको विद्युत् बजार तथा नियमनका विकसित परिदृष्य’ विषयक तालिम कार्यक्रम सम्पन्न भएको छ । मृगशीरा कन्सल्टिङ्ग एण्ड ट्रेनिङ्ग सर्भिसेस कम्पनीले शनिबार (जेठ २६) आयोजना गरेको १ दिने तालिम कार्यक्रममा विद्युत् क्षेत्रका २६ जना प्रशिक्षार्थीको सहभागीता थियो । 

हाल नेपालको जडित विद्युत् उत्पादन क्षमता करिब ३२०० मेगावाट पुगेको, ४५६ मेगावाटको माथिल्लो तामाकोसी जस्तो जलविद्युत् आयोजना निर्माण भइसकेको, ४०० केभी क्षमताका प्रसारण लाइन धमाधम निर्माण हुन थालेको र अबको १ दशक भित्र विद्युत् उत्पादन क्षमता झन्डै १० गुणाले बढाएर २८ हजार ५०० मेगावाट सरकारको लक्ष्य रहेकोले यस क्षेत्रको महत्त्व बढेर गएको तालिम कार्यक्रममा बताइएको छ । यसका लागि अबको १ दशक भित्र ६० खर्ब रूपैयाँ लगानी आवश्यक रहेको तर कुन–कुन क्षमताका के–कस्ता जनशक्ति विद्युत् क्षेत्रको आगामी लक्षित विकास तथा नियमनका लागि आवश्यक छन् भन्ने विषय सरकारले अध्ययन गरेर किटानका साथ भन्न नसकेको अवस्थाबारे पनि कार्यक्रममा जानकारी गराइयो । 

कार्यक्रमका प्रमुख अतिथि विद्युत् नियमन आयोगका सदस्य गौतम डंगोलले विद्युत् क्षेत्रमा केही राम्रो र नयाँ गर्ने आँट तथा जोस भएका युवा जनशक्तिलाई यस्ता तालिमले अघि बढ्न अझ हौसला दिने बताए । 

कार्यक्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसका इलेक्ट्रिकल विभागका एशोसिएटेड प्रोफेसर डा.बसन्तकुमार गौतमले विद्युत् बजार तथा व्यपारका बदलिँदो आयमबारे यस क्षेत्रमा रूची राख्ने पेशाकर्मी तथा व्यवसायीले बुझ्नु पर्ने र त्यसै अनुसार आफूलाई अद्यावधिक गर्दै जानुपर्ने बताए । 

आयोजक कम्पनीका संस्थापकसमेत रहेका विद्युत् नियमन आयोगका परार्मशदाता सरोज कोइरालाले विशेष प्रस्तुतीकरणसहित तालिम दिएका हुन् । विद्युत् क्षेत्रमा आफ्नो भविष्य देख्ने युवा पेशाकर्मीहरूलाई विद्युत् बजार र नियमनसम्बन्धी विषयमा अभिमुखीकरण दिई यस विषयमा स्वअध्ययन, चिन्तन एवं छलफललाई प्रोत्साहन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको कोइरालाले बताए ।  

कार्यक्रममा नेपालको विशिष्ट बिजुली प्रणाली, नेपालको विद्यमान संस्थागत व्यवस्था, विद्युत् क्षेत्रका निकायहरूको नियमन तथा स्वतन्त्र नियमनका अवधारणा,  विद्युत् नियमनका विश्वव्यापी र नेपालको अभ्यास, विद्युत्मा थोक तथा खुद्रा प्रतिस्पर्धा, दक्षिण एसियाली क्षेत्रमा विद्युत्को क्षेत्रीय सहकार्य तथा बजार, नेपालको ऊर्जा क्षेत्रको अवस्था र पुनरसंरचना, नेपालका लागि सम्भावित प्रतिस्पर्धी विद्युत् बजारका मोडल र नेपालका लागि अन्तरदेशीय विद्युत् व्यपारका सम्भावना जस्ता विषयमा अभिमुखीकरण तालिम दिइएको थियो । 

कार्यक्रम प्रशिक्षक कोइरालाले नेपालबाट ऊर्जा तथा विद्युत् क्षेत्रमा पर्याप्त अनुभव हासिल गरिसकेका प्राविधिक जनशक्ति तथा युवा विदेश पलायन हुँदा यो क्षेत्रमा दक्ष जनशक्तिको अभावमा हुन सक्ने देखिएको उनले बताए । त्यसैले युवालाई आशावादी बनाउने र यस्ता कार्यक्रम भइराख्नुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३