विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन आयोजनाको निर्माण सुचारु गरेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरको सहयोगमा ससस्त्र र नेपाल प्रहरी परिचालन गरी उदयपुरको कटारी नगरपालिका–४, मरुवामा प्रसारण लाइनको संरचना निर्माणको काम सुचारु गरिएको हो ।

यस क्षेत्रमा प्रसारण लाइनका १० वटा टावर निर्माण गर्न बाँकी छ । स्थानीयबासीले प्रसारण लाइनको रुट फेर्नुपर्ने माग राखी निर्माणमा अवरोध गर्दै आएका थिए । मरुवाबासीले प्रसारण लाइनको टावरको जग खन्न दिएका थिएनन् ।

३ वर्षको अवरोधपछि मरुवा क्षेत्रमा बिहीबारबाट प्रसारण लाइनको टावरको जग खन्न सुरु गरेको आयोजना प्रमुख जनार्दन गौतमले बताए ।‘हाम्रोतर्फबाट दर्जनौं पटक छलफल र बार्ता हुँदा पनि समस्याको समाधान हुन नसकेकाले निर्माण अवरुद्ध थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘स्थानीय प्रशासनले सहयोग गरेपछि निर्माण सुचारु गर्न सकिएको छ ।’

अहिले प्रसारण लाइनको काम भइरहेको क्षेत्रमा ३ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । उनले बिना अवरोध काम हुन पाउने हो भने २ महिनाभित्रमा प्रसारण लाइनको सबै टावर खडा गर्न सकिने बताए ।

अहिलेसम्ममा सञ्चालनमा आइसक्नु पर्ने भए पनि मरुवाबासीको अवरोधकै कारण प्रसारण लाइन सम्पन्न गर्न ढिलाई हुँदै आएको थियो । मरुवामा बाहेकका सबै क्षेत्रमा प्रसारण लाइन निर्माणको काम सम्पन्न भइसकेको छ । 

प्रसारण लाइनको ३ सय २ मध्ये २ सय ९२ वटा टावरको निर्माण पूरा भइसकेको छ । ९० किलाेमिटरमध्ये ७५ किलोमिटर तार तान्ने काम पनि सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माण गर्न छैटौं पटक थपेको म्याद पनि गत असार दोस्रो साता नै सकिएको छ ।

यो प्रसारण लाइन समयमा सम्पन्न हुन नसकेकै कारण २३.५ मेगावाटको सोलुखोला जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । विगत १४ महिनादेखि सोलुको १७ मेगावाट विद्युत खेर गइरहेको छ । हिउँदमा सबै उत्पादन प्रणालीमा जोडिए पनि बर्खाको विद्युत खेर गइरहेको छ ।

प्रसारण लाइनको अवरोधले निर्माण अन्तिम चरणमा पुगेका ८२ मेगावाटको तल्लो सोलु र १९.८ मेगावाटको माथिल्लो सोलुको उत्पादन पनि खेर जाने अवस्था आउने देखिएको छ । यी आयोजना विद्युत उत्पादनको चरणमा पुग्न लागेकाले प्रसारण लाइन सम्पन्न गर्नु पर्ने दवाब प्राधिकरणलाई छ ।

सोलु र तल्लो सोलु सुपर सिक्स अन्तर्गत सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई दिएका जलविद्युत आयोजना हुन् ।सोलु बेसिनमा अहिले तल्लो र माथिल्लो सोलुसँगै ८६ मेगावाटको सोलु दूधकोसी, ५ मेगावाटको जुनबेंसी आयोजना पनि निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit