विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बागलुङ । नेपाल विद्युत् प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा केन्द्रीय लाइन पुर्‍याएको छ । बडिगाड गाउँपालिका–१० मा बाढीले लघुजलविद्युत् बगाउँदा अन्धकारमा बस्दै आएका स्थानीयको सहजताका लागि केन्द्रीय लाइन पुर्‍याएको हो । 

गत साउन २२ गते आएको बाढीले क्षति पुर्याएको बडिगाड–१० दर्लिङ, निगलपानीलगायत क्षेत्रमा केन्द्रीय विद्युत् पुर्‍याएको विद्युत् प्राधिकरणका कार्यालय प्रमुख इन्जिनियर पवन पौडेलले जानकारी दिए । गत बुधबारदेखि अस्थायी कार्यालय सञ्चालन गरी १८२ मिटर वितरण गरिएको उनको भनाइ छ ।

यस क्षेत्रमा पहिले लघुजलविद्युत् आयोजनाबाट विद्युत् प्रयोग गर्दै आएकामा बाढीले पूर्णरूपमा बगाएपछि सयौँ घरपरिवार अन्धकारमा थिए । बाढीले गाउँको धेरै स्थानमा क्षति पुर्‍याएको हुँदा गुल्मीको मुसिकोट, मालिका गाउँपालिका हुँदै दर्लिङमा लाइन जोडिएको प्रमुख पौडेलको भनाइ छ ।

गाउँमै पुगेर मिटर विरण गरेको केन्द्रले अतिविपन्न परिवारलाई निःशुल्क मिटरबक्स प्रदान गरेको उनको भनाइ छ । करिब ८०० घरपरिवारमध्ये ३५० घरमा सेवा पुगेको र अन्य घरमा पोल मर्मतसम्भार गरिरहेको हुँदा दसैँअगाडि लाइन पुर्‍याउने पौडेल बताउँछन् ।

बडिगाड गाउँपालिका–१० का अध्यक्ष वीरेन्द्र बुढामगरले १ महिनादेखि अन्धकारमा हरेका दर्लिङवासी केन्द्रीय लाइन आएपछि उज्यालो पाएको बताए । बाढीले गाउँमा धनजनसहित भौतिक पूर्वधारमा क्षति पुर्‍याएको उनको भनाइ छ । बाढीमा परी ११ जनाको मृत्यु भएको थियो भने १ जनाको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३