विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाँचथर पावर कम्पनीले करिब १० करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अवधिमा सो मुनाफा कमाएको हो ।

साउनदेखि असोजसम्मको अवधिमा १० करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो नाफा अघिल्लो वर्षको यही समयअवधिको तुलनामा ३ करोड १८ लाख ४० हजार रुपैयाँ बढी हो । अघिल्लो वर्ष ७ करोड १२ लाख ९९ हजार खुद नाफा कमाएको थियो ।

यो अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । कम्पनीले यो अवधिमा १४.९ मेगावाटको हेवा खोला ‘ए’ जलविद्युत गृहको विद्युत बिक्री गरी १६ करोड २७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ । गतवर्ष १४ करोड ६१ लाख ९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यो अवधिमा अन्य स्रोतबाट १२ लाख ६ हजार रुपैयाँ आम्दानी भएको पनि कम्पनीले जनाएको छ । कम्पनीको हेवा खोला ‘ए’ ले २०७३ माघ २२ गतेदेखि नियमीत विद्युत उत्पादन गरीरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit