विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २१० मेगावाटको चैनपुरदेखि जलविद्युत आयोजनामा कार्यरत ड्रिलरको ४ महिनाको पारिश्रमिक दिएको छ । प्राधिकरण अन्तर्गतको माटो ढुंगा तथा कंक्रिट प्रयोगशालाले गत बैशाखदेखिको रोकिएको २ जना ड्रिलरको पारिश्रमिक बुधबार भुक्तान गरेको हो ।

प्रयोगशालाले आयोजनाको भौगर्भिक सर्भे (जिओटेक्निकल इन्भेष्टिगेसन) गर्ने अमर राना र दिपेश श्रेष्ठलाई बैशाखदेखि साउनसम्मको पारिश्रमिक एकमुष्ट दिएको छ । असोजसम्मको पारिश्रमिक लिन बाँकी रहे पनि अहिलेलाई साउनसम्मको एकमुष्ट पारिश्रमिक पाएको ड्रिलर अमर रानाले बताए ।

‘हामीले पनि एकमुष्ट नै पारिश्रमिक पाउनु पर्ने माग गरेका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिलेलाई ४ महिनाको पारिश्रमिक पाएकाले अब हामी फेरि आयोजनाको काममा जान तयार छौं ।’ उनले शनिबार आयोजना स्थलमा बाँकी रहेको काम सम्पन्न गर्न बझाङ जान लागेको बताए ।

प्रयोगशालाले रानालाई एकमुष्ट १ लाख ७५ हजार रुपैयाँ र श्रेष्ठलाई १ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ । आयोजनाको काम गरेबापत रानाले दैनिक १४ सय रुपैयाँ पारिश्रमिक पाउँदै आएका थिए । श्रेष्ठको दैनिक पारिश्रमिक १२ सय रुपैयाँ थियो ।

आयोजना स्थलमा अब हुने कामका लागि दुवै ड्रिलरको हकमा यसअघि पाउँदै आएको दैनिक पारिश्रमिकमा २ सय रुपैयाँ थप गरेर दिने सहमति भएको पनि रानाले बताए । अब आयोजना स्थल फर्किएर ड्रिलिङको काम सुचारु गर्ने उनले बताए ।

ऊर्जा खबरले ड्रिलरले पारिश्रमिक नपाएपछि आयोजनाको ड्रिलिङको काम छोडेको खबर सोमबार (मंसिर २० गते) प्रकाशित गरेको थियो । खबर प्रकाशित भएको २ दिनमा ड्रिलरले भुक्तानी पाएका हुन् ।

प्रयोगशालाले लामो समयसम्म पारिश्रमिक रोकेपछि गत असोज २२ देखि आयोजनाको ड्रिलिङको काममा ठप्प हुन पुगेको थियो । पारिश्रमिक नपाएकै कारण दुवै जना ड्रिलर काममा फर्किएका थिएनन् । 

आयोजनामा ड्रिलिङको काममा सहयोगीकोरूपमा काम गर्ने कामदारहरूको भने यसअघि नै साउन महिनासम्मको पारिश्रमिक पाइसकेका छन् । भदौ यताको पारिश्रमिक भने अझै रोकिएको छ ।

ड्रिलर काम छोडेर हिँडेकै कारण ७ महिनामा सम्पन्न हुनुपर्ने ड्रिलिङको काम अहिले १० महिना पुग्न लाग्दा पनि पूरा हुन सकेको छैन । अब आयोजनाको बाँध क्षेत्रको ड्रिलिङको सम्पूर्ण काम बाँकी छ ।

सुरुङमा २ वटा ‘होल’ बनाउन बाँकी छ । अहिलेसम्म ३ वटा ‘ड्रिलिङ होल’को काम सकिएको छ । ११० मिटरको सर्ज साफ्टको काम पनि सकिएको छ । विद्युतगृहमा ९० र ५० मिटरका २ वटा ‘होल’को काम सकिएको छ ।

ड्रिलिङ बाहेक आयोजना निर्माणको बाँकी प्रक्रिया रोकिएको छैन । प्राधिकरणले आयोजना निर्माणका लागि आवश्यक निजी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइसकेको छ । आयोजना निर्माण गर्न २३० रोपनी निजी जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ ।

चैनपुर सेती सूदुर पश्चिम प्रदेशको बझाङ जिल्लामा पहिचान भएको अर्धजलाशय आयोजना हो । जिल्लाको साइपाल र तलकोट गाउँपालिकामा संरचना रहने गरी आयोजना निर्माण हुनेछ । यो १३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । यसलाई कम लागतमा बढी प्रतिफल दिने आयोजनाकारूपमा हेरिएको छ ।

यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा सुख्खा याममा पनि दैनिक ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । आयोजना निर्माण गर्न ब्याज बाहेक ३६ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

याे पनि पढ्नुहाेस्कामदार हिँडेपछि चैनपुर सेतीको काम ठप्प, प्राधिकरणले बैशाखदेखि ड्रिलरकाे भुक्तानी दिएन

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit