विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले जलविद्युत आयोजनामा करिब साढे १९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता गरेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा निजी क्षेत्रले अघि बढाएको दुई दर्जन बढी जलविद्युत आयोजना यति लगानी गर्ने प्रतिबद्धता गरेको हो ।

हालसम्म कुल १८११ मेगावाट क्षमताका २६ वटा जलविद्युत आयोजना १९ अर्ब ५४ करोड रुपैयाँ बराबरको ऋण तथा सेयर लगानी स्वीकृत भई १० अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी रकम भुक्तानी भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतमले बताए ।

कम्पनीको मंगलबार (पुस २६ गते) सम्पन्न ११औं साधारणसभामा आफ्नो उद्देश्य बमोजिम विभिन्न जलविद्युत आयोजनाहरू, प्रसारण कम्पनी एवं इन्जिनियरिङ् कम्पनीहरूमा ऋण तथा सेयर लगानी भइरहेको बताएका हुन् ।

कम्पनीले ९४२ मेगावाट क्षमताका १४ वटा विभिन्न जलविद्युत आयोजनाहरूमा १० अर्ब ८६ करोड रुपैयाँ ऋण लगानीको प्रतिबद्धता भई हालसम्ममा ८ अर्ब ४ करोड रुपैयाँ ऋण प्रवाह गरिसकेको छ । त्यस्तै, जलविद्युत क्षेत्रसँग सम्बन्धित ४ वटा विभिन्न कम्पनीहरूमा ९२ करोड ३० लाख रुपैयाँ स्वपूँजी लगानी प्रतिबद्धता गरी ३५ करोड ९९ लाख रुपैयाँ लगानी गरिसकेको कम्पनीले छ ।

यसैगरी विद्युत उत्पादन कम्पनी लिमिटेडद्वारा प्रवर्द्धन हुने ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजनामा स्वपूँजीको १० प्रतिशत र १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनामा स्वपूँजीको १० प्रतिशत बराबरको रकम लगानी गर्ने प्रतिबद्धता गरेको गौतमले जानकारी दिए ।  नीजि क्षेत्रबाट प्रवर्द्धित कुल १८८.८ मेगावाट क्षमताका ४ वटा जलविद्युत आयोजनाहरूमा जम्मा १ अर्ब ७१ करोड रुपैयाँ स्वपूँजी लगानी स्वीकृत भएको र सोमध्ये १ अर्ब १६ करोड रुपैयाँ लगानी प्रवाह भइसकेको छ ।

यसका अतिरिक्त कम्पनीमा रणनीतिक साझेदारी, सरकारी क्षेत्र तथा नीजि क्षेत्रबाट अगाडि बढाइएका अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेका कुल ३११४ मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनाहरुमा करिब ७० अर्ब रुपैयाँ बराबरको ऋण तथा सेयर लगानीका लागि प्रस्तावहरू प्राप्त भई अध्ययन तथा मूल्याकंन भइरहेको कम्पनीले जनाएको छ ।

सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडबाट निर्माण गरिने ७७.५ मेगावटको घुन्सा खोला र सिम्बुवा रेमिट हाइड्रो लिमिटेडबाट निर्माण गरिने ७०.३ मेगावटको सिम्बुवा खोला जलविद्युत आयोजनाहरुको विस्तृत अध्ययनको कार्य अन्तिम चरणमा रहेको छ । विद्युत खरिद विक्री सम्झौता सम्पन्न भए पश्चात सो आयोजनाहरूको निर्माणका लागि आवश्यक वित्तीय स्रोतको प्रवन्ध गरी निर्माण प्रकृया अघि बढाइने कम्पनीले जनाएको छ ।

यस्तै, साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने अर्थात १ अर्ब ६ करोड ३८ लाख १३ हजार ४ सय ७५ बराबरको बोनस सेयर र चुक्ता पूँजीको ०.२६३ प्रतिशतका दरले हुन आउने अर्थात ५ करोड ५९ लाख ९० हजार १ सय ७७ रुपैयाँ नगद लाभांश पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit